बोनसशेयर प्रस्तावपारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो

22

काठमाडौं, ८ असोज–प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी २ अर्ब नाघेको छ । इन्स्योरेन्सको विशेष साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत बोनस सेयरको प्रस्ताव सर्वसम्मत रmपमा पारित गरेसँगै कम्पनीको चुक्तापुँजी २ अर्ब नाघेको हो ।

कम्पनीको विशेष साधारणसभाले हालको चुक्तापुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

अब कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँपुगेको छ । विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।

कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।

काठमाडौंमाकर्पोरेट कार्यालय रहेको कम्पनीले सातैवटा प्रादेशिक, शाखा, उपशाखार सम्पर्क कार्यालय गरी १४० भन्दा बढि स्थानबाट सेवा दिइरहेको छ । कम्पनीले विभिन्न १६ किसिमका जीवन बिमालेखहरू प्रचलनमा ल्याएको छ ।

Facebook Comments
0Shares