राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा सम्पन्न

21

गोविन ल्वागुन दमक, १० असोज–झापाको दमक–८ मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २०औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले शुक्रबार दमकमा आफनो २०औ बार्षिक साधरणसभा सम्पन्न गरेको हो । संस्थाका जेष्ठ नागरिक सेयर सदस्य उद्धबप्रसाद राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष जितमान राईले रु ५ करोड २० लाख ४२ हजार ३ सयको सेयर पुँजी रहेकोे बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा संस्थाको लेखा समितिको प्रतिबेदन लेखा संयोजक मणिराज राईले प्रस्तुत गर्नु भएको थियो । वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचत, सेयर सदस्यका छोरा–छोरीबाट एसइईमा उत्कृष्ठ र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो ।

Facebook Comments
0Shares