धरमपुर सहकारी संस्थाका संस्थापक अध्यक्षसहित १२ जनाले शेयर फिर्ता पाए

199

धरमपुर, ११ असोज–धरमपुर बचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो शेयर वापत र बचत गरेको जम्मा रुपैया फिर्ताको माग गर्दै संस्थापक अध्यक्षसहित १२ जना शेयर सदस्यले आफ्नो ७ लाख ३१ हजार १ सय १७ पैसा फिर्ता गर्न सफल भएका छन् ।

संस्थाका सेयर सदस्यहरुको इच्चा, चाहाना, भावना र आवश्यत्तालाई भन्दा व्याक्तिवादी हावि र प्रवृत्रि बढ्दै गएपछि संस्थाक अध्यक्ष चन्द्रवीर नेम्बाङसहित अन्य शेयर सदस्यहरु लामोसमयदेखी असन्तुष्ट रहदै आइरहेका थिए ।

आफ्नो शेयर फिर्ता पाएपश्चात पुर्वअध्यक्ष नेम्बाङले आफु र अन्य शेयर सदस्यहरुको तर्फबाट संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले आफुले जन्माएर हुर्काएको संस्थामा चरम असन्टुष्ट भएर बसिरहनुको औचित्य समाप्त भएकोले संस्थाबाट बाहिरनु नै उपयुक्त लागरेर शेयर फिर्ताको माग गरेको बताए । सहकारी संस्थामा प्रजातान्त्रिक भएन भने त्यो सहकारी संस्था हुन नसक्ने नेम्बाङको भनाई छ ।

झापाको शिबसताक्षी–१ धरमपुरस्थित सहकारी संस्थाका पूर्वअध्यक्ष नेम्बाङसहित १२ जना शेयर सदस्यहरुले असोज १० गते शेयर वापत र बचतमा जम्मा गरेको सम्पूर्ण रुपैयासहित शेयर फिर्ताको माग गरेका थिए ।

शेयर फिर्ता गर्नेहरुमा संस्थापक अध्यक्ष तथा तीन कार्याकाल अध्यक्षको जिम्मेवारी पुरा गर्नुहुने शिबसताक्षी–१ धरमपुरका चन्द्रवीर नेम्बाङ, शिबसताक्षी–३ का धर्मराज सुवेदी, शिबसताक्षी–१ का पृथ्वी बहादुर बोहोरा, शिबसताक्षी–२ का गंगाबहादुर निरौला, शिबसताक्षी–१ मन बहादुर विश्वकर्म (मोहन सेनचुउरी), शिबसताक्षी–२ का दुर्गादेबी निरौला, शिबसताक्षी–१ का पदमबहाुदर भुजेल, शिबसताक्षी–१ का रामप्यारी चेम्जोङ, शिबसताक्षी–१ का मोतीलाल खवास, शिबसताक्षी–१ टिकामाया भुजेल, शिबसताक्षी–१ का कुवेरधन रिजाल र शिबसताक्षी–१ का भीमदेबी रिजाल छन् ।

उनीहरुले गत शुक्रबार सहकारी संस्थाको कार्यालयमा अध्यक्ष दीपकुमार श्रेष्ठ र व्यवस्थापक बिनोद ढकाललाई पत्र बुझाएका छन् । पत्रमा शेयर सदस्यहरुले संयुक्त रुपमा शेयर वापत र बचतमा जम्मा गरेको सम्पूर्ण रुपैयासहित शेयर फिर्ताको माग गरेका छन् ।

सहकारी संस्थामा सञ्चालक समिति र व्यवस्थापकले संस्थाको उदेश्य र भावनालाई लत्याएर आफ्नो व्याक्तिगत स्वार्थ, प्रवृति र हावी बढ्दै गएको भन्दै पूर्वअध्यक्ष नेम्बाङसहित १२ जना शेयर सदस्यहरु असन्टुष्ट हुदै आइरहेका थिए ।

शेयर फिर्ता माग गर्नेहरुमा कुवेरधन रिजाल ९केडी रिजाल० संस्थाका शिक्षा उपसमितिका पूर्व संयोजक हुन् भने मोहन सेनचुउरी सो समितिका पूर्व सदस्य हुन् । रिजाल स्थानीय एक निजी बिद्यालयमा कार्यरत हुन भने सेनचुउरी धरमपुरमा सुन चाँदी व्यवसायमा आवद्ध छन् । उनी शिबसताक्षी सुन चाँदी व्यवसाय संघका निर्वतमान अध्यक्ष समेत हुन् ।

Facebook Comments
0Shares