शुक्रबारे कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

141

धरमपुर, १५ असोज–धरमपुरको शुक्रबारे चौकमा रहेको शुक्रबारे कृषि सहकारी संस्थाले आज आफ्नो चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको अवसर पारेर कार्यक्रममा संस्थाले कृषि उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आवश्यक तालिम, सीप र क्षमताको विकास गर्दै मल, वीउ र विषादी उपलब्ध गराउने नीति तथा कार्यक्रममा राखेको छ ।

त्यस्तै, सहकारी शेयर सदस्यहरुबाट उत्पादन भएका कृषि उपजहरुलाई स्थानीय स्तरमा खपत गर्ने र वाह्रय बजारीकरण गर्ने आर्थिक बर्ष २०७६।०७७ को नीति तथा कार्यक्रममा समेट्न प्रयास गरेको छ ।

झापाको शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारे चौकमा रहेको कृषि सहकारी संस्थाका अध्यक्ष रमेश बान्तवा राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । अध्यक्ष राईले सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०७५।०७६ को प्रगति तथा आगामी योजनाहरुका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका सचिव पदम रिमालले सञ्चालन र उपाध्यक्ष ज्ञानेन्द्र तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिबसताक्षी–१ का वडा सदस्य दीलकुमारी बस्नेतको प्रमुअ आतिथ्यता रहेको थियो ।

सो अवसरमा नगदे बाली कृषि सहकारी संस्था धरमपुर मंगलबारेका अध्यक्ष एबम् धरमपुर गाविसका पूर्वअध्यक्ष बलजीत राई, हातेमालो कृषि सहकारी संस्था धरमपुका अध्यक्ष ताराप्रसाद गौतमले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा चण्डीश्वोर शिवालय मन्दिरका अध्यक्ष पेमा लामा, शुक्रबारे कृषि सहकारी संस्थाका व्यवस्थापक प्रेम राई याम्फु, सञ्चालक समितिका सदस्य नेत्र नेम्बाङ, भुवन राई, विराट किराती, सेलिङ केसी लगायतको सहभागिता रहेको संस्थाका व्यवस्थापक प्रेम याम्फु राईले बताए ।

बन्द सत्रमा संस्थाको शेयर पँुजीलाई थप बृद्धि गर्ने, कृषि यान्त्रिक तथा उपकरण र मलखाद, विषादीको प्रवन्ध गरी विषादीरहित तरकारी तथा फुलफुलको बजारीकरण गर्ने लगायतका कृषकहरुलाई प्रोत्सााहन हुने नीति तथा कार्यक्रमा राखिएको सञ्चालक नेम्बाङले बताए ।

त्यस्तै, बन्द सत्रमा संस्थाको विक्तिय क्षेत्र विस्तार गर्ने, शेयर पुँजीलाई बृद्धि गर्ने, कृषकहरुलाई लाभदायी कार्यक्रमहरु सृजना गर्दै जाने, वचत तथा कारोबारलाई बृद्धि गर्ने, मुद्यती बचतलाई बृद्धि गर्ने जस्ता महत्वपूर्ण विषयहरुमा सदस्यहरुले आ–आफ्ना राय तथा सुझावहरु राखेका थिए ।

Facebook Comments
0Shares