जीवन स्मृति प्रतिष्ठानद्धारा दमकमा काब्य गोष्ठी

36

दमक, १६ असोज–जीवन स्मृति प्रतिष्ठान दमकले बिहिबार चाडँ पर्बको अवसर पारेर काब्य गोष्ठी तथा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।

प्रतिस्ठानले बिहिबार दमक–४ डिपुचोकमा रहेको प्राच्य बिज्ञान अनुसन्धान केन्द्रको सभाहलमा काब्य गोष्टी तथा शुभकामना आदनप्रदान कार्यक्रम गरिएको हो ।

प्राज्ञ डा.बद्रिबिशाल पोखरेलको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा दमकका साहित्यकार, कालाकार, पत्रकार तथा रंगकर्मी स्व. जीवन आचार्यलाई सम्झीने माध्यमको रुपमा हरेक बर्ष प्रतिस्ठानले चाडँपर्बको अवसर पारेर बिभिन्न श्रष्ठाहरुलाई आमन्त्रीत गरि काब्य गोष्टी गदै आएको प्रतिस्ठानका अध्यक्ष भुमिप्रसाद दाहालले बताउनु भयो ।

काब्य गोष्ठीमा १ नम्बर प्रदेशका बिभिन्न स्थानबाट ३ दर्जन बढी श्रष्टाहरुको सहभागिता रहेको थियो । सो अवसरमा श्रष्ठा बिबस पोखरेल, बिन्दु मुग्दर्शक, चुडामणी अकिन्चन, हेमसागर पोखरेल, पुजा आरधाना, मन्जु बिमली, प्रकाश बुडाथोकी, कृष्ण धाराबासी लगायतले कबिता, गजल, मुक्तक बाचन गर्नु भएको थियो ।

३० बर्ष अघि ३१ बर्षको अल्पायु उमेरमा स्वरर्गरोहण हुनुभएको जीवन आचार्यको २ वटा कबिता संग्रह १ वटा कथा संग्रह प्रकासित भएको बताइएको छ ।

प्रध्यापक गंगाधर कट्टेलले स्व.जीवन आचर्यको जीवनीको चर्चा गर्नु भएको थियो भने प्रतिस्ठानका महासचिब टंकप्रसाद आचर्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Facebook Comments
0Shares