विनोद र करणको उत्कृष्ट प्रदर्शनमा हङकङविरुद्ध नेपालको शानदार जीत

15

काठमाडौं, १९ असोज–पाँच देशको टी-२० क्रिकेट श्रृंखलामा नेपालले पहिलो खेल जितेको छ । ओमानमा भएको पहिलो खेलमा नेपालले आइतबार हङकङलाई चार विकेटले पराजित गरेको हो । १२६ रनको लक्ष्य पछ्याएको नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गर्दै जीत दिलाएका हुन् । भण्डारीले नटआउट ५८ रन प्रहार गरेका थिए । ४८ बलको सामना गरेका भण्डारीले ४ चौका र ३ छक्काको मद्दतमा ५८ रन प्रहार गर्दै नेपाललाई जीत दिलाएका हुन् ।

नेपालका लागि आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सर्राफले १० रन बनाउनुका अलवा अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । हङकङका लागि नसरुल्ला राना र केल क्रिस्टेले समान दुई-दुई विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको थियो ।

हङकङलाई कम स्कोरमा रोक्नमा नेपालका करन केसीले महत्त्वपूर्ण तीन विकेट लिएका थिए । उनले एकै ओभरमा तीन विकेट लिएका थिए । सुरुमै धर्मराएको हङकङको इनिङलाई वकास वर्कत र किन्छित साहले सम्हालेका थिए । वकासले ३७ र किन्छितले ३१ रन प्रहार गरेका थिए। नेपालका लागि करन केसीले चार विकेट लिएका थिए ।

Facebook Comments
0Shares