क्यान्सर रोगबाट पीडित भद्रपुरका निर्मल दाहालले गरे आर्थिक सहयोगको अपिल

28
भद्रपुरका निर्मल दाहाल

भद्रपुर, १९ असोज–बाच्ने मन कसलाई हुँदैन ? उपचारका लागि पैसा नभएर परिवारको एक सदस्य अस्पतालको बेडमा छट्पटाएको हेर्ने रहर कस्को हुन्छ ? तर भद्रपुर निवासी निर्मल दाहालको परिवार यस्तै वाध्यतामा छ ।

आर्थिक अभावका कारण क्यान्सर रोगबाट एक वर्षदेखि घरमै थला परेका झापा जिल्ला भद्रपुर नगरपालिका ९ जिल्ला प्रशासन कार्यलय उत्तरपट्टि बस्ने ४९ वर्षीय निर्मल दाहाललाई बचार्इ दिन उनका परिवारजनले आग्रह गरेका छन् ।

पानी पुरी बेच्दै आइरहेका दाहाल एकबर्ष अघि बिरामी परेर मेची अस्पताल भद्रपुर स्वास्थ्य परीक्षण गराउन गएका थिए । मेचीमा उपचार सफल नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको र त्यहाँका चिकित्सकले श्रीमानलाई बोनम्यारो क्यान्सर भएको उनकी श्रीमती मञ्जुले बताइन् ।

मञ्जुले डाक्टरको सुझाव सम्झिदै भनिन् श्रीमानको फियोको अपरेसन पछाडि मात्रै बोनमेरोको उपचार हुन्छ । फियोको अपरेसन यहि असोज २८ गते विराटनगरको नोबेलमा हुने जानकारी गराउँदै फियोको अपरेसनको एक महिनाको आराम पछि बोनमेरोको काठमांडौमा हुने बताइन् । तर परिवारको आर्थीक जटिलताका कारण उपचार गर्न सकिदैन भन्ने उनलाई पिर छ ।

यता बोनम्यारो बाट रगत उत्पादन हुन छाडेपछि अहिले हप्तामा ४ पोका रगत लगाईरहेको बताउँदै मञ्जुले भनिन् त्यो रगत जुटाउन पनि गारो भैरहेको छ । बी पोजिटिभ रगत हप्तामा ४ दिन लगातार फ्रेस ४ पोका रगत लगाउन पर्ने हुनाले रक्तदान गर्न इच्छुकलाई सम्पर्क गरिदिनु हुन पनि अनुरोध गरेकी छिन् ।

उनले अहिलेसम्म श्रीमानको उपचारमा पाँच लाख बढीको रकम खर्च भइसकेको बताइन् । मञ्जुले भनिन्,‘सम्पत्तिको नाममा पाँच धुर जमिन मात्र छ । अहिलेसम्म कमाएर जम्मामा गरिएको रकम, गरगहना श्रीमानको उपचारमा खर्च भइसकेको छ ।’

‘श्रीमानको बोनम्यारोको उपचार तत्काल गर्नुपर्ने चिकित्सकले भनेकाले उपचार गराउन रकम छैन’, मञ्जुले भनिन्, ‘उपचार खर्च जुटाई श्रीमानलाई बचाइन दिन सबै समक्ष अपिल गर्दछु ।’

‘उपचारका लागि १० लाख बढि खर्च हुन्छ । बोनम्यारो प्रत्यारोपण गराए श्रीमानलाई बचाउन सकिन्छ’, उनले भनिन् । उनका अनुसार मेची अस्पताल, भारतको सिलगुडी, बिर्तामोडको विएण्डसी अस्पताल, विराटनगरको नोबेल अस्पताल, धरानको घोपा र काठमाडौँको सिभिल अस्पतालमा उपचार गराउँदा गराउँदै ७ लाख बढी रकम खर्च भइसकेको छ ।

गरिब्किा कारण उपचार गराउन सम्भव नभएपछि आफूले मर्नुको विकल्प नभएको क्यान्सर पीडित दाहालले पीडा सुनाए। ‘बोनम्यारो प्रत्यारोपणको तत्काल शल्यक्रिया गर्न नसके अबको तीनदेखि चार महिनाभित्र आफ्नो मृत्यु भइसक्ने चिकित्सकहरूले बताएका छन्’, आँखाबाट आँसु झार्दै उनले भने।

उनले छरछिमेकले चन्दा संकलन गरेर हालसम्म मेरो उपचार गराइरहेको पीडा सुनाए । उनले भने, ‘ बोनमेरोले रगत उत्पादन गर्न छाडेकोले अहिले हप्ताको ४ पिन्ट रगत हाल्नै पर्छ र त्यस्का लागि पनि समस्या भएको भन्दै बी पोजिटिभ भएका महानुभावहरुलाई सहयोगको याचना छ ’ उनले थपे ‘नियमित चेक जाँचका लागि अस्पताल धाइ रहेका छौं।’ दाहालको परिवारमा श्रीमती मञ्जु, १५ वर्षकी छोरी र ११ वर्षका छोरा रहेका छन्।

‘छोराछोरीको पढाई गराउनु की श्रीमानको उपचार गराउनुरु यस्तो पीडा भगवानले कसैलाई नदिइयोस’, मञ्जुले थपिन्। छरछिमेकबाट अहिलेसम्म ३० देखि ४० हजार रुपैयाँ चन्दा उठाएर दिएको र त्यो रकमले उपचार नहुने भएकाले सबै पक्षले सहयोग गरिदिनु हुन छिमेकी विशाल रिमालले बताए।

यता सहयोगका लागि क्यान्सर पीडित दाहालकी श्रीमती मञ्जुको नाममा रहेको चन्द्रगढीस्थित सिद्धार्थ बैंकको खाता नम्बर ०२२१५२१४०९५ आर्थिक सहयोग रकम जम्मा गरिदिनु हुन रिमालले अनुरोध गरेका छन्। त्यस्तै मञ्जुको मोबाइल नम्बर ९८२४००५२८५, भतिज कृष्ण पौड्याल ९८०३५६१४३५ वा सञ्चारकर्मी आयुष निरौलालाई ९८१५०१२१५८ मा सम्पर्क गरि सहयोग गर्दिनु हुन पनि अनुरोध गरिएको छ ।

Facebook Comments
0Shares