महराको यौन दुर्व्यवहार खुलासा गर्ने पत्रकार शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’

40

काठमाडौं, २१ असोज–निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई यो वर्षको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा० ले स्थापना गरेको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ शिवाकोटीलाई प्रदान गरिने भएको हो ।

इन्जा मुख्यालय (अमेरिका, वासिङ्टन) ले विज्ञप्ति जारी गरी एक हजार अमेरिकी डलर राशि रहेको उक्त पुरस्कार यो वर्ष शिवाकोटीलाई दिने निर्णय गरिएको जनाएको छ ।

आउँदो नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोह आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ ।

शिवाकोटीले हालै तत्काली सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि गरेको यौन दुर्व्यवहार खुलासा गरेका थिएन ।

शाहीको किटानी जाहेरीपछि पक्राउ परेका निवर्तमान सभामुख महरा अहिले हिरासतमा छन् । यौन दुर्व्यवहारको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् । इन्जाले पत्रकार शिवाकोटी असुरक्षित रहेकोमा चिन्ता व्यक्त गरेको छ ।

Facebook Comments
0Shares