एक वर्षमा ७७ अर्ब रुपैयाँ बराबरको नोट जलाइयो

26

काठमाडौं, २२ असोज–नेपाल राष्ट्र बैंकले पछिल्लो आर्थि वर्ष (आर्थिक वर्ष २०७५।७६) मा करिब ७७ अर्ब रुपैयाँ नष्ट जरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्‍न निरौलाका अनुसार नष्ट गरिएका नोटको छपाइ खर्च हिसाव गर्दा ४५ करोड लागत लाग्छ ।

अघिल्लो आर्थिक वर्षको अवधिमा २० अर्ब रुपैयाँ भन्दा बढीका नोट काम नलाग्ने भएको राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष २०७४/७५ मा ५६ अर्ब ४० करोड रुपैयाँ बराबरको नोट काम नलाग्‍ने भएपछि जलाइएको थियो ।

राष्ट्र बैंकका प्रवक्ता निरौलाले लापरवाहीको कारण नेपली नोटको आयु कम देखिएको बताउछन् । ५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ६५ पैसा लागत पर्छ ।

त्यस्तै, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत लाग्ने गरेको निरौलाको भनाइ छ ।

Facebook Comments
0Shares