झापा बद्धशान्तिकी दिलमाया लिम्बू ‘छमछमी’को फाइनलमा

81

बुद्धशान्ति (झापा), २३ असोज–नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ मा एक नम्बर प्रदेशकै प्रतिनिधित्व गरिरहेकी झापा बुद्धशान्तिकी दिलमाया लिम्बू फाइनलमा पुगेकी छन् । उत्कृष्ट ६ बाट ५ अर्थात् फाइनल चरणमा पुगेकी दिलमायाले सिजनको उपाधि उचाल्न सबै सहयोगीहरुलाई एक–एक भोट गरिदिन अनुरोध पनि गरेकी छन् ।

रियो छमछमीको उत्कृष्ट ५ बाट सिधै विजेताको घोषणा हुने भएकाले प्रदेश १ लगायत देश तथा परदेशमा रहेर कार्यक्रम हेर्ने दर्शक तथा शुभेच्छुकलाई एक–एक भोट गरिदिन अपील गरेकी हुन् । कात्तिक ९ गते हुने फाइनल राउण्डको उपाधि उचाल्न कात्तिक ८ गते रातिसम्म भोट गर्न सकिने दिलमाया जिताउ अभियानका संयोजक ज्ञानु सुब्बाले बताएका छन् ।

बुद्धशान्ति स्थायी घर भएकी उनी हाल बिर्तामोडमा बसेर सोरठी कला केन्द्र सञ्चालन सञ्चालन गर्दै आएकी छन् । झापा जिल्ला नृत्य कलाकार संघको सदस्य तथा बिर्तामोड नृत्य कलाकार संघका कोषाध्यक्षसमेत रहेकी दिलमाया सानै उमेरबाट नृत्यमा अब्बल रहेको उनका आफन्तले बताएका छन् ।

सिजन चलिरहेको बेला आफ्ना बुवा काजीमान लिम्बू गुमाउन पुगेकी दिलमायाले नृत्यप्रतिको लगाव र परिवारप्रतिको जिम्मेवारीलाई बहन गर्दै निरन्तर लागिरहेकी छन् । प्रायः समाजमा भए हुने गरेका समसामयिक विषयबस्तुलाई नृत्य मार्फत उतार्ने र सचेतना फैलाउन माहिर दिलमाया नृत्यबाट पनि समाजलाई सही दिशामा डोहोर्याउन सकिने सन्देश दिइरहेकी छन् ।

नृत्य निर्देशक तथा दिलमाया जिताउ अभियानका संयोजक ज्ञानु सुब्बाबाट औपचारिकरुपमा नृत्यको प्रशिक्षण लिएकी दिलमायालाई छमछमी ४ को बिजेता बनाउन नृत्य प्रेमीलाई उनले पनि अपील गरेका छन् । दिलमायालाई भोटिङ गर्न समय धेरै नभएकाले छिटो भन्दा छिटो अत्याधिक भोट गरिदिन नृत्य निर्देशक सुब्बाले आग्रह गरेका हुन् ।

दिलमायालाई भोट गर्न मोबाइलको मेसेज बक्समा गई सीसी लेखेर एक स्पेस छाडेर ०३ टाइप गरी ३१००९ मा म्यासेज पठाउनु पर्नेछ ।

Facebook Comments
0Shares