झापा पृथ्वीनगरका अनिल प्रधानले बनाए साइरन जडित ड्रोन हात्ती

57
झापा पृथ्वीनगरका अनिल प्रधान

भद्रपुर, ३० असोज–जंगली हात्ती घरगाउँमा प्रवेश गरेर दुःख दिने क्रम बढेपछि हात्ती लखेट्न नयाँ प्रविधिको आविष्कार गरिएको छ ।

जङ्गली हात्तीले दुःख दिन थालेपछि भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएका हुन् । भद्रपुर नगरपालिका १ पृथ्वीनगर घर भएका युवा वैज्ञानिक प्रधानले ड्रोन साइरन बनाएका हुन् । उनले भद्रपुर १ र २ नम्बर वडामा जङ्गली हात्ती निस्किएर दुःख दिन थालेपछि स्थानीयको पीडा कमगर्न नयाँ प्रविधि बनाएको जनाएका छन् ।

अनिलले बनाएको ड्रोन साइरनको बारेमा जानकारी पाइएपछि डिभिजन वन कार्यालयले हात्ती उपद्रो स्थलमा हात्ती लखेट्न परिक्षण प्रयोग गरेको जनाइएको छ ।

डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेका अनुसार सो ड्रोन प्रयोग गर्न सम्वन्धित निकायबाट स्वीकृति लिने प्रकृयामा रहेको छ । प्रमुख घिमिरेका अनुसार हात्तीलाई नोक्सानी नपुर्याइ खेदाउन बनाइएको ड्रोन साइरन प्रभावकारी हुने देखिएको छ ।

Facebook Comments
0Shares