जापानको आँधीबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो

39

एजेन्सी, १ कार्तिक–जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।

केही दिनअगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ । यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ । अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ ।

आँधीले एक हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त बनाएको छ । त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको भूमि मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments
0Shares