झिलझिलेवासीलाई मनोरञ्जनसँगै लागुऔषध विरुद्ध जनचेतनाका लागि कन्सर्ट आयोजना गरिएको होः कार्यक्रम संयोजक लिम्बू

1195
दिपेन लिम्बू

दिपेन लिम्बू झिलझिलेका उत्साहित र सक्रिय युवा हुन् । उनी २०४५ सालमा आमा नरमाया र बुबा कालीबहादुर (केबि) लिम्बूका पुत्ररत्नका रुपमा जन्मिएका हुन् । बुबा केबि लिम्बु अवकास प्राप्त लाहुरेका जेष्ठ पुत्र दिपेन झिलझिलेका युवाहरुबीच लोकप्रिय छन् ।

खासगरी, लागू औषध विरुद्ध अभियानमा सक्रिय छन् । बुबा झिलझिले बजारका अध्यक्ष हुन् । बुबा समाजसेवामा समर्पित भएकै कारण दिपेन लिम्बूपनि पछिल्लो समय झिलझिलेमा लागू औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

धरमपुरको न्यू जोफ्रि अंग्रेजी बिद्यालयबाट पारम्भिक शिक्षा आर्जन गरेका दिपेनले दमकका स्ट्न स्ट्रारबाट एसएलसी र दमककै सिद्धार्थ माध्यमिक बिद्यालयबाट प्लस टु-सम्मको अध्ययन पुरा गरेका छन् ।

यहि, कार्तिक ८ गते शुक्रबार साँझ ११औं म्यूजिक इभ लाईभ कन्सर्ट हुदैछ । समाजसेवी कल्ब झिलझिलेको मुख्य आयोजनामा र इलाका प्रहरी कार्यालय झिलझिलेको समन्वयमा कन्सर्ट हुन लागेको हो । झिलझिलेस्थित श्री झिलझिले माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कन्र्सटलाई भप्य र सभ्य ढंङ्गमा सफल पार्न आयोजकले प्रचार–प्रसार लगायत आर्थिक संङ्कलनलाई तीब्र पारिएको छ । लागु पदार्थ तथा दुव्र्यवसन न्यूनिकरण र नियन्त्रण गर्दै सभ्य अनि सम्मुन्नत समाज स्थापना गर्ने उदेश्यसहित झिलझिलेमा पप म्यूजिक इभ लाईभ कन्सर्ट हुने भएको हो ।

यसैबीच, कार्यक्रमको उदेश्य, व्यवस्थापन र तयारीका बारेमा म्यूजिक इभ लाईभ कन्सर्ट कार्यक्रम संयोजक दिपेन लिम्बूसँग ‘हाम्रोसरोकार अनलाईन न्यूज’ले गरेको कुराकानीको सम्पादित अशंः

–कार्यक्रमको तयारी कहाँ र कस्तो अवस्थामा छ ?

–आगामी शुक्रबार हुने कार्यक्रमको तयारी तीब्र अवस्थामा भइरहेको छ । जति–जति समय नजिकिदै आइरहेको छ, त्यति नै धेरै चुनौतीहरु पनि थपिदै गएको छ । हाम्रो कार्यक्रममा खासगरी आमन्त्रित व्याण्ड र कलाकारको अन्तिम टुङ्गो लागिसकेको छ ।

यद्धपी, कार्यक्रममा हाम्रो कार्यक्रमलाई सभ्य र भप्य बनाउन हामी सम्पूर्ण आयोजक संस्था र कार्यक्रममा गठन भएको विभिन्न विभाग र उपसमितिले आ–आफ्नो स्थानबाट कार्यभार अनुसारको कामहरु भइरहेको छ । जहाँसम्म सरकारी निकायबाट पाइरहेको साथ र सहयोगले हामी उत्साहित छौं, यो कार्यक्रम हाम्रो व्याक्तिगत नभएर हामी सवैको साझा पनि हो ।

लागु औषध र दुव्र्यवसनको समस्या अहिले समाजमा व्याप्त छ । यो समस्यालाई नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयास वा कुनै परिवारको प्रयासले सम्भप छैन । यो त समाजको साझा समस्या हो । सो समस्यालाई हामी सवै एक भएर सामाधान गर्न जरुरी छ ।

–कार्यक्रमको मुख्य आर्कषक के छ ?

यो म्यूजिक इभ लाईभ कन्र्सट हो । कन्सर्टमा ‘कब वेब व्याण्ड’ काठमाण्डौ र ‘आउट साइडर व्याण्ड’ धरानले सांगीतिक प्रस्तुती गर्ने छ । त्यस्तै्, सो कन्र्सटमा झिलझिलेका ‘द–लिजार्ड व्याण्ड’ र ‘प्रलय व्याण्ड’ ले समेत आफ्नो प्रस्तुती दिने भएको छ ।

–कार्यक्रममा कति सहभागी हुने लक्ष्य राख्नु भएको छ ?

झिलझिले माध्यमिक बिद्यालयको खेल मैदानमा कार्यक्रम हुने भएको छ । टिकट दर रु २००, रु ५०० र १००० सम्मको छ । हामीले टिकटहरु कार्यक्रम अघि नै वितरण गरिसक्ने छौं । कार्यक्रमको दिन गेटमा समेत टिकट स्टल राख्ने छौं । हाम्रा भिआइपी गेष्ट, विशिष्ट गेष्ट, कलाकर्मी, उद्यमी, व्यवसायीहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु, विद्यार्थीहरु र सर्वसाधरणहरु सहित पाँच हजार बढी दर्शकहरुको सहभागि हुने लक्ष्य राखेका छौं ।

–कार्यक्रम आयोजना गर्नुका कारण चाहि के हो ?

मुख्य कारण दशैं, तिहार र छैठ जस्तो हाम्रा साँस्कृतिक चाडँ पर्वहरुमा मनोरञ्जन गर्नु अनि गराउनु नै हो । यदपी, मनोरञ्जनसँगै झिलझिलेमा विगतका बर्षहरुमा गरिदैं आइरहेको कन्र्सटलाई निरन्तरता दिनु पनि हो । यस पटक झिलझिलेमा ११औं म्यूजिक इभ लाईभ कन्सर्ट हो ।

झिलझिले र आसपाको क्षेत्रमा बढ्दै गइरहेको लागु औषध र दुव्र्यवसन न्यूनिकरण अनि नियन्त्रण गर्नु हो । सताक्षीधामको प्रचार प्रसार गर्नु पनि हो । पर्यटन भ्रमण वर्ष २०२० लाई नेपाल सरकारले कार्यक्रममा राखेको छ । सो कार्यक्रलाई समेत सहयोग गर्नु हो ।

कन्र्सटमा म्यूजिकको कुरा मात्र होइन, कन्र्सटमा लागु औषध संम्बन्धी जनचेतना मुलक प्रस्तुती दिनु पनि हो । कन्र्सटमा लागु औषध पूर्नःस्थापना केन्द्र झापाका महासचिव पवन विष्टले विशेष मन्तव्य राख्ने कार्यक्रम छ ।

त्यस्तैं, कन्र्सटबाट संङ्कलित रुपैयाले झिलझिलेमा डे केयरलाई पूर्नःस्थापित गरेर सक्रिय बनाउने हाम्रो योजना छ । र, झिलझिलेमा व्यवस्थित ढंङ्गको सुधार केन्द्र समेत स्थापना गर्ने हामीले आगामी योजनामा राखेका छौं ।

–कार्यक्रम खर्चिलो छ, कार्यक्रम सम्पन्न गर्न आर्थिक क्षेत्रलाई कसरी व्यवथापन गर्दै हुनुहुन्छ ?

आर्थिक क्षेत्र व्यवस्थापन गर्न हामीलाई अत्यन्तै गाह्रो छ । हामी जस्तो आयोजक र कार्यक्रमलाई सहयोग गर्न व्यापारीक र व्यवसायीक कम्पनी वा व्याक्तिहरुले सहयोग गर्न गाह्रो मान्छन् । हत्तपत्त विश्वास गरिहाल्दैन् । प्रकृयाहरु धेरै हुदाँरैछन् ।

तथापी, हामी हाम्रो कार्यक्रमलाई भप्य र सभ्य ढंङ्गमा सम्पन्न गर्न तयार छौं । सक्रियताका साथ जुटिरहेका छौं । एक्लै काम गर्दा गाह्रो भएपनि हाम्रो टिम एक भएर लागेका छौं । कार्यक्रमकै निम्ति हामी दैनिक एक भएर छलफल गरिरहेका छौं । टिम वर्क मार्फत काम गरिरहेका छौं ।

कार्यक्रमकै लागि भनेर ‘गीत, संगीत र कला’लाई माया गर्नुहुनेहरुले आर्थिक सहयोग गरिरहेका छन् । झिलझिले घर भएर रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा छरिएर रहेका दाजुभाई र दिदी बहिनीहरुले आफ्नो इच्छा अनुसारले आर्थिक सहयोग गरिरहेका छन् । हामीलाई विश्वास छ, यस्तै सहयोगबाटै हामी कार्यक्रमलाई वृहत ढंङ्गमा सम्पन्न गर्न सक्ने छौं ।

–कार्यक्रममा कति खर्च हुने अनुमान गर्नुभएको छ ?

अहिले समय अत्यन्तै खर्चिलो छ । तर, खर्चिलो भएरै पनि हामी अत्यन्तै कम खर्च गरेर कार्यक्रम सम्पन्न गर्न प्रयासरत छौं । प्रचार प्रसार लगायत छपाई सम्बन्धीका कामहरु लगायत स्टेज निर्माण, साउण्ड सिस्टम, कलाकारको पारिश्रमिक, खाना तथा वस्न र यायायात, स्वयसेवक र सुरक्षाकर्मी व्यवस्थापनका सवै बन्दोवस्तीहरु गर्दा हाम्रो कार्यक्रममा रु ८ लाख खर्च हुने अनुमान छ ।

–अन्त्यमा केही भन्नु छ ?

कार्यक्रम हामी आयोजकको मात्र नभएर हामी सवैको साझा हो भन्ने भावनाले सहयोग गरौं । कार्यक्रमलाई आर्थिक सहयोग मात्र नभएर रचनात्मक तथा सृजनात्मक सहयोग पनि आवश्यक छ । हामी कार्यक्रमका सवै आम्दानी र खर्चका हिसावलाई स्वच्छ र पारदर्शिता बनाउने छौं । जे उदेश्यले कार्यक्रम गरेका छौं, त्यो उदेश्यलाई पुरा गर्ने प्रतिवद्धता पनि लिएका छौं ।

कार्यक्रम सफल हुनु भनेको झिलझिलेवासीहरुको लागि पनि सफलता हो । समाजको विकास र परिवर्तनमा हामी जुटेका छौं । आशा छ, यहाँहरु सवैले सहयोग गर्नुहुन्छ र सहयोग पाउने छौं । यसर्थ, हामी पनि विना स्वार्थ काम गरिरहेका छौं र यहाँहरुले विना स्वार्थ सहयोग गरिदिन आग्रह गर्दछौं ।

धन्यवाद ।

Facebook Comments
0Shares