झिलझिलेलाई लागु औषध मुक्त क्षेत्र बनाउने हाम्रो प्रयास होः ब्रिजेश गिरी

365
ब्रिजेश गिरी

यहि, कार्तिक ८ गते शुक्रबार झापाको शिबसताक्षी–८ झिलझिलेमा ११औं म्यूजिक इभ लाईभ कन्सर्ट हुदैछ । समाजसेवी कल्ब झिलझिलेको मुख्य आयोजनामा र इप्रका झिलझिलेको समन्वयमा कार्तिक ८ गते शुक्रबार कन्सर्ट हुन लागेको हो । झिलझिले माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कन्र्सटलाई भप्य र सभ्य ढंङ्गमा सफल हुने आयोजक समितिका सचिव ब्रिजेश गिरीको भनाई छ । गिरीका अनुसार यतिवेला कार्यक्रमको प्रचार–प्रसार लगायत आर्थिक संङ्कलनलाई तीब्र छ । लागु पदार्थ तथा दुव्र्यवसन न्यूनिकरण र नियन्त्रण गर्दै सभ्य, सम्मुन्नत समाज स्थापना गर्ने उदेश्यसहित कन्सर्ट हुने भएको गिरी बताउँछन् ।

झिलझिलेका गिरी आफ्नै दाजु बिशालबाट सामाजिक क्षेत्रमा लागु औषध न्यूनिकरण र नियन्त्रण अभियान सम्बन्धी काम गर्ने प्रेरणा पाए, उनले भने । २०४६ बैशाख ११ गते माता मञ्जु र पिता शिब गिरीबाट जन्मिएका उनी बिर्तामोडस्थित बाल्मिकी कलेजबाट कक्षा १२ सम्म अध्ययन गरेका छन् । उनी रोजगारीको शिलशिलामा दुबईमा पुगे । हाल, घर फर्किएर सामाजिक कार्यमा व्यस्त छन् । गिरी दुबईमा समेत विभिन्न संघसंस्थामा रहेर काम गरिसकेका छन् । गिरी उत्साहित र त्रियाशिल युवा हुन् ।

यसैबीच, कार्यक्रमको उदेश्य, व्यवस्थापन र तयारीका बारेमा कार्यक्रम सचिव ब्रिजेश गिरीसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः

–यो कस्तो कार्यक्रमको हो ?

–सांगीतिक कार्यक्रम हो । तिहार जस्तो हामी नेपालीहरुको ठूलो चाड पर्वको अवसरमा सांगीतिक मनोरञ्जनका लागि कार्यक्रम आयोजना गरिएको हो । यद्यपि, मनोरञ्जनात्मक कार्यक्रमसँगै लागु औषध सम्बन्धी जनचेतना हुने खालका कार्यक्रम पनि समावेश गरिएको छ ।

कार्यक्रममाा स्वेदश र विदेशमा ख्याती कमाइसकेका पप व्याण्ड ‘कब वेब व्याण्ड’ काठमाण्डौ र ‘आउट साइडर व्याण्ड’ धरान’ को प्रस्तुती छदैछ तथापी लागु औषध नियन्त्रण र न्यूनिकरण सम्बन्धी राज्य र नागरिकबाट भइरहेका प्रयासका बारेमा प्रवचन समेत हुनेछ । साथमा, गीत, नृत्य र प्रहसन हुनेछ ।

–कार्यक्रमको तयारी कस्तो हुदैछ ?

आगामी शुक्रबार हुने कार्यक्रमको तयारी तीब्र अवस्थामा भइरहेको छ । जति–जति समय नजिकिदै आइरहेको छ, त्यति नै धेरै चुनौतीहरु पनि थपिदै गएका छन् । हाम्रो कार्यक्रममा खासगरी आमन्त्रित व्याण्ड र कलाकारको अन्तिम टुङ्गो लागिसकेको छ ।

यद्यपि, कार्यक्रम सभ्य र भप्य बनाउन हामी सम्पूर्ण आयोजक संस्था र कार्यक्रममा गठन भएको विभिन्न विभाग र उपसमितिले आ–आफ्नो स्थानबाट कार्यभार अनुसारको कामहरु भइरहेको छ । जहाँसम्म सरकारी निकायबाट पाइरहेको साथ र सहयोगले हामी उत्साहित छौं, यो कार्यक्रम हाम्रो व्याक्तिगत नभएर हामी सवैको साझा पनि हो ।

लागु औषध र दुव्र्यवसनको समस्या अहिले समाजमा व्याप्त छ । यो समस्यालाई नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयास वा कुनै परिवारको प्रयासले सम्भव छैन । यो त समाजको साझा समस्या हो । उक्त समस्यालाई हामी सवै एक भएर सामाधान गर्न जरुरी छ ।

–कार्यक्रममा दर्शकको कति उपेक्षा राख्नु भएको छ ?

झिलझिले माबिको खेल मैदानमा कार्यक्रम हुने भएको छ । टिकट दर रु २००, रु ५०० र १००० सम्मको छ । हामीले टिकटहरु कार्यक्रम अघि नै वितरण गरिसक्ने छौं । कार्यक्रमको दिन गेटमा समेत टिकट स्टल राख्ने छौं । हाम्रा भिआइपी गेष्ट, विशिष्ट गेष्ट, कलाकर्मी, उद्यमी, व्यवसायी, सुरक्षाकमी, पत्रकार, विद्यार्थी र सर्वसाधरणहरु सहित पाँच हजार बढी दर्शकहरुको सहभागी हुने लक्ष्य राखेका छौं ।

–कार्यक्रम आयोजना गर्नुका लक्ष्य चाहीँ के हो ?

मुख्य कारण दशैं, तिहार र छैठ जस्तो हाम्रा साँस्कृतिक चाडँ पर्वहरुमा मनोरञ्जन गर्नु अनि गराउनु नै हो । यद्यपि, मनोरञ्जनसँगै झिलझिलेमा विगतका बर्षहरुमा गरिदैंआइरहेको कन्सर्टलाई निरन्तरता दिनु पनि हो । यस पटकको ११औं म्यूजिक इभ लाईभ कन्सर्ट हो ।

झिलझिले र आसपासको क्षेत्रमा बढ्दै गइरहेको लागु औषध र दुव्र्यवसन न्यूनिकरण अनि नियन्त्रण गर्नु हो । सताक्षीधामको प्रचार–प्रसार गर्नु पनि हो । पर्यटन भ्रमण वर्ष २०२० लाई नेपाल सरकारले कार्यक्रममा राखेको छ । सो कार्यक्रलाई समेत सहयोग गर्नु हो ।

कन्सर्टमा म्यूजिकको कुरा मात्र होइन, लागु औषध सम्बन्धी जनचेतना मुलक प्रस्तुती दिनु पनि हो । कार्यक्रममा लागु औषध पूर्नःस्थापना केन्द्र झापाका महासचिव पवन विष्टले विशेष मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

त्यस्तैं, कन्सर्टबाट संङ्कलित रुपैयाले झिलझिलेमा शन्देश डे केयरलाई पूर्नःस्थापित गरेर सक्रिय बनाउने हाम्रो योजना छ । र, झिलझिलेमा व्यवस्थित ढंङ्गको सुधार केन्द्र समेत स्थापना गर्ने हामीले आगामी योजनामा राखेका छौं ।

–कार्यक्रम व्यवथापन गर्दै हुनुहुन्छ ?

हामी हाम्रो कार्यक्रमलाई भप्य र सभ्य ढंङ्गमा सम्पन्न गर्न जुटिरहेका छौं । एक्लै काम गर्दा गाह्रो भएपनि हाम्रो टिम एक भएर लागेको छ । कार्यक्रमकै निम्ति हामी दैनिक एक भएर छलफल गरिरहेका छौं । टिम वर्क मार्फत काम भइरहेको छ ।
कार्यक्रमकै लागि भनेर ‘गीत, संगीत र कला’लाई माया गर्नुहुनेहरुले आर्थिक सहयोग गरिरहेका छन् । झिलझिले घर भएर रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा छरिएर रहेका दाजुभाई र दिदी–बहिनीहरुले आफ्नो इच्छा अनुसारले आर्थिक सहयोग गरिरहेका छन् । हामीलाई विश्वास छ, यस्तै सहयोगबाटै हामी कार्यक्रमलाई वृहत ढंङ्गमा सम्पन्न गर्न सक्ने छौं ।

–कार्यक्रममा कति खर्च हुने अनुमान गर्नुभएको छ ?

समय अत्यन्तै खर्चिलो छ । तर, खर्चिलो भएरै पनि हामी कम खर्च गरेर कार्यक्रम सम्पन्न गर्न प्रयासरत छौं । प्रचार–प्रसार, छपाई सम्बन्धीका कामहरु लगायत स्टेज निर्माण, साउण्ड सिस्टम, कलाकारको पारिश्रमिक, खाना तथा वस्न र यायायात, स्वयसेवक र सुरक्षाकर्मी व्यवस्थापनका सवै बन्दोवस्तीहरु गर्दा हाम्रो कार्यक्रममा रु ८ लाख खर्च हुने अनुमान गरिएको छ ।

–अन्त्यमा, केही भन्नु छ की ?

हामी कार्यक्रमको सवै आम्दानी र खर्चका हिसावलाई स्वच्छ र पारदर्शिता बनाउने छौं । जे उदेश्यले कार्यक्रम गरेका छौं, त्यो उदेश्यलाई पुरा गर्ने प्रतिवद्धता पनि लिएका छौं ।

कार्यक्रम सफल हुनु भनेको झिलझिलेवासीहरुको लागि पनि सफलता हो । समाजको विकास र परिवर्तनमा हामी जुटेका छौं । आशा छ, यहाँहरु सवैले सहयोग गर्नुहुन्छ ।

Facebook Comments
0Shares