महेन्द्र शेर्माको ‘दोहोरिन्छ सधैँ किन एउटै चाहा…..’ गीतको भिडियो सार्वजनिक

135

गोविन ल्वागुन शिबसताक्षी (डुडामारी), ८ कार्तिक–झापा शिबसताक्षीका गायक तथा संगितकार महेन्द्र शेर्माको ‘दोहोरिन्छ सधैँ किन एउटै चाहा…..’ भन्ने बोलको आधुनिक पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आर यु इन्टरटेनमेण्टले प्रस्तुत गरेको सो गीतको म्युजिक भिडियो गत सोमबार मेरो अनलाइन टिभि. युट्ब च्यालनबाट सावर्जनिक गरिएको छ । झापा शिबसताक्षी–८ डुडामारी कै गीतकार आईन्द्र विक्रम शेर्माको शब्द रचनामा रहेको सो गीतमा माया प्रेमको भाव दर्शाइएको पाइन्छ ।

उक्त गीतको म्युजिक भिडियोमा उरुसा मगर लिम्बु, जसमन तामाङ र सुष्मा तामाङले अभिनय गरेका छन । दोरोमी स्टुडियोमा रेकर्ड गरिएकोे गितको एरेन्ज गोपाल रसाईलीले गरेका हुन ।

म्युजिक भियडयोको निर्देशन उरुसा मगर लिम्बु र राज लिम्बुले संयुक्त गरेका हुन भने गीतको म्युजिक भिडियोको सम्पूर्ण छायांकन दक्षिण कोरियाको बिभिन्न स्थानमा गरिएको गितकार आइन्द्रबिक्रम शेर्माले जानकारी दिएका छन ।

गायक शेर्माको केहिबर्ष अघि सायद नामक गीती एल्बम् समेत बजारमा आइसकेको र धेरैले मन पाराइदिनुभएकोले यस गितबाट पनि आफुले धेरै अपेक्षा गरेको गायक शेर्माले बताएका छन् ।

प्रबासमा रहेर यस गीतको सम्पुर्ण काम गरिएको हुनले यसबाट नेपाली कला र गीत संगीतको संरक्षण र पर्बद्धनमा थप टेवा पुग्नेमा आफु आशाबादी रहेको गीतको प्रस्तुतकर्ता राज लिम्बुले बताएका छन् ।

Facebook Comments
0Shares