पथरीको कावेली अस्पतालमा छापाः ‘नियम विपरित भएको भन्दै फार्मेसीमा ताला’

66

अर्जुन जम्नेली राई/मोरङ, ८ कार्तिक–सरकारको नियम अनुसार रेकर्ड राखेरमा मात्र बिक्रि गर्नुपर्ने लागू औषध जन्य औषढी नियम विपरित वितरण गरेको भन्दै औषधि ब्यबस्था विभागले मोरङ पथरी स्थित काबेली हस्पिटल प्रालिको फार्मेसीमा सुक्रबात ताला लगाएको छ ।

बिभागको मोरङ शाखाको फार्मेसी अधिकृत संजीव शर्माको टोलिले काबेलीको फार्मेसी ९औषधि बिक्री केन्द्र०मा ताला लगाएको इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी लक्ष्मीराज अधिकारीले बताए ।

निद्रा नलाग्ने समस्या हुँदा प्रयोग हुने क्रोनाज ट्याब्लेट र दुखाई कम गर्ने सुई नार्कोटिक नामको नशालु औषधि बिक्रिको तथ्यांक नराखेको भन्दै फार्मेसी बन्द गरेका हुन । लागू औषध जन्य औषधि बिक्रि गर्दा बिक्रि गरेको मूल्यसहितको तथ्याङ्क तथा प्रयोग गर्ने बिरामीहरुको लग बुक राख्नु पर्ने सरकारी नियम छ । फार्मेसीमा पुग्दा लागू औषध जन्य औषधि भेटिए पनि लगबुक नराखेको कारण फार्मेसीमा ताला लगाएको बुझिएको छ ।

काबेली अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी राज आचार्यले भने लगबुक राख्ने गरेपनी तत्काल नभेटिदा त्यहा आउने कर्मचारीहरुले अबेसमा आएर ताला लगाएको बताए ।

जिल्लाबाट आएको टोलिले पथरीको मोरङ अस्पताल, पथरी अस्पतालसहित ६ वटामा छापा मरेका थिए । अन्य अस्पतालको फर्मेसीमा भने चेतावनी दिएर गएको प्रहरीले जनाएको छ ।

Facebook Comments
0Shares