राष्ट्रिय सहकारी बैंकद्वारा सहकारीकर्मीलाई तालिम

34

बिर्तामोड, ८ कार्तिक–राष्ट्रिय सहकारी बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले आयोजना गरेको सहकारी व्यवस्थापन तालिम आज सप्पन्न भएको छ ।

बिर्तामोडमा कार्तिक ६ देखि आयोजित तीन दिवसीय तालिम समापन समारोहको अध्यक्षता झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

उक्त तालिमको सहजीकरण राष्ट्रिय सहकारी बैंकका अधिकृत सूर्यप्रसाद रिमालले गरेका थिए । तालिममा सहकारीको परिचय र आवश्यकता , सहकारी नेतृत्व विकास तथा सहकारीमा जोखिम व्यवस्थापन लगायतका बारेमा सहजीकरण गरेका हुन् ।

तालिम समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड-४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौला, राष्ट्रिय सहकारी बैंक लिमिटेडका संचालक महेन्द्रकुमार गिरी लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

उक्त समापन समारोहमा सहभागीका तर्फबाट निता कुमारी दाहाल र गगन पोख्रेलले आफ्नो सिकाइ मन्तव्य राखेका थिए ।

सो तालिममा झापा जिल्लाका २९ सहकारी संस्थाबाट १२ महिला र २० पुरुष गरि ३२ जनाको सहभागिता रहेको थियो ।

उक्त तालिम समापन समारोहको सन्चालन राष्ट्रिय सहकारी बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयका प्रमुख मुना घिमिरेले गरेकी थिइन ।

Facebook Comments
0Shares