शिबसताक्षी माइधारका सुवेदी उत्कृष्ट प्रादेशिक वन पुरस्कारबाट पुरस्कृत

48

धरमपुर, ८ कार्तिक–झापाको शिबसताक्षी–१० माइधारका उद्यमी तथा व्यवसायी मोहन सुवेदी उत्कृष्ट प्रादेशिक वन पुरस्कारबाट पुरस्कृत भएका छन् । कनकाई नगरपालिका ६ चम्पापुरमा रहेको पुखौली निजी वन प्रदेश १ कै उत्कृष्ट निजी वनका रुपमा सुवेदी पुरस्कृत भएका हुन् ।

शिवसताक्षी नगरपालिका १० माइधार निवासी मोहन सुवेदीद्वारा संचालित करिव २ बिगाह क्षेत्रमा फैलिएको वनलाई प्रदेश सरकारले पुरस्कृत गरेको हो ।

निजी वन हालै मात्र विराटनगरमा आयोजित प्रदेश सरकार उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले सुवेदीद्वारा संचालित पुखौली निजी वनलाई प्रादेशिक निजी वन पुरस्कार प्रदान गर्दै प्रदेशकै उत्कृष्ट निजि वनका रुपमा नगद ५१ ह्जार सहित सम्मानित गरेको हो ।

सुवेदीलाई यस अघि जिल्ला वन कार्यालय झापाले समेत वन दशक अभियान अन्र्तगत निजी वन विकास प्रवद्र्धन तथा वातावरण पुरस्कार प्रदान गरिसकेको छ ।

कनकाई नगरपालिका चम्पापुरमा आफ्नो पुखौली जमिनमा टिक, मसला, पाउनोनिया, सिमल, सिसौ लगायातका रुख लगाउनु भएको छ । सुवेदी निजी वन सञ्जाल झापाका सचिव समेत रहेका छन् ।

Facebook Comments
0Shares