उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

32

दमक, १७ कार्तिक–छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रूपमा यो पर्व सम्पन्न भएको छ ।

झापाको दमकस्थित रतुवा खोला र मावा खोलाको किनारा लगायत प्रसिद्ध कनकाई, बिरिङ, अदुवा, मेची, टाङटिङ, कमल बनियानी खोला र पोखरी पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको घुइँचो लागेको थियो । जिल्लाभरमा लाखौं भक्तजनले शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ ।

Facebook Comments
0Shares