नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त

22
डा.भगवान कोइराला

काठमाण्डौ, १७ कार्तिक–सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा। कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

डा.कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ । तर, त्रिविमा भन्दा डा.कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उहाँलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ ।

Facebook Comments
0Shares