रियलको जीतमा रोड्रिगो नायक

25

काठमाडौं, २१ कार्तिक–पछिल्ला खराब प्रदर्शनले आजित बन्दै आएको रियलले नयाँ स्टार पाएको आभाष भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल म्याड्रिडले गालातासारेमाथि आधा दर्जन गोल गर्दै आफ्नो रवाफिलो विगतको सम्झाना गरायो । रियलको जितमा १८ वर्षका ब्राजिलियन खेलाडीले रोड्रिगो नायक सावित भए । उनले ह्याट्रिक पुरा गरेका थिए ।

समूह ए अन्तर्गत घरेलु मैदानमा भएको खेलमा रियलका लागि लागि रोड्रिगोले तीन गोल गर्दा सर्जियो रामोसले एक तथा करिम बेन्जिमाले दुई गोल संभव बनाए । पहिलो हाफमा चार गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल थपेको थियो । खेल सुरु भएको सात मिनेट भित्रै रोड्रिगोले दुई गोल गर्दै रियललाई प्रभावसाली सूरुवात दिलाए ।

१४ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गरे भने ४५ औँ मिनेटमा बेन्जिमाले गोल गरेपछि पहिलो हाफमा रियलले ४–० को एकपछिए अग्रता बनायो । ८१ औँ मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले ह्याट्रिक पूरा गरेका थिए ।

रोड्रिगो च्याम्पियन्स लिग फुटबलमा कम उमेरमा ह्याट्रिक गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा परेका छन् । उनी भन्दा अघि लेजेण्ड राउल मात्रै रहेका छन् । रोड्रिगोलाई ब्राजिलमा नयाँ नेमारका रुपमा हेर्ने गरिएको छ । रोड्रिगोले ब्राजिलियन क्लबबाट स्पेनको यात्रा तय गरेका छन्  । उनी सान्तोस क्लबबाट रियल आएका हुन् । उनको पनि नेमार समान पाँच फिट ९ इन्च उचाइ रहेको छ ।

रोड्रिगोको ह्याट्रिकमा जित निकालेको रियललले चार खेलबाट सात अंकसहित समूहको दोस्रो स्थानमा आफुलाई पुर्याएको छ । उक्त समुहमा पिएसजी शिर्ष स्थानमा छ । क्लब ब्रुगलाई १–० ले पराजित गर्दे पेरिस सेन्ट–जर्मेन ९पिएसजी० अपराजित रहँदै १२ अंकका साथमा शीर्ष स्थानमा छ । पिएसजीलाई बुधबारपनि सहज जित दिलाउन माउरो इकार्डीले २१ औँ मिनेटमा निर्णायक अग्रता दिलाएका थिए ।

Facebook Comments
0Shares