गौरादह नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक

41

गौरादह, २२ कार्तिक–झापाको गौरादह नरपालिकाले गौरादहमा शुक्रबार एक कार्यक्रमबीच चौथो नगरसभाबाट पािरत नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गौरादहस्थित नगरपालिकाको वडा नं १ को वडा कार्यालयमा आयोजित कार्यक्रममा आर्थिक बर्ष २०७६।०७७ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगर प्रमुख रोहत शाह, उपप्रमुख गीता भेटुवाल, नगर प्रवत्ता तथा वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं ३ का वडाध्यक्ष गजेन्द्र घिमिरे लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा ८५ करोड ५२ लाख रुपैयाँ बराबरको आय व्ययसहितको बजेट सार्वजनिक गरिएको थियो । त्यस्तै, गौरादहलाई पूर्वाञ्चलको कृर्षि क्याम्पसको रुपमा सञ्चालन गरिरहेको, गौरादहको पहिचानमा अवस्थित पोखरीको उचित विकास र त्यसको सर्वद्धनमा डिपिआर सम्बन्धी कामहरु भइरहको, गौरादहका सवै वडाहरुमा स्वास्थ्य चौकीहरुको व्यवस्था गर्ने, गौरादह स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टर ल्याउन पहल गरिरहेको योजना छन् ।

त्यस्तैं, गौरादह–३ जुरोपानीमा रहेको नगरपालिकाको दुई बिद्या जमिनमा फोहोर व्यवस्थापनको निम्ति प्रयास भइरहेको, गौरादह–९ बैगुनधुरामा रहेको आयुुर्बेद केन्द्रको स्तरन्नोतीसहित व्यवस्थापन, खसी बोका सङकलन, कृषि सम्बन्धी जेटिए र पशु प्राविधिकहरु सवै वडाहरुमा लैजाने, गौरादहमा डिजिटल सुचना पार्टीको व्यवस्था गर्ने योजनाहरु राखिएको छ ।

खासगरी, नगरभित्र रहेको गौरादह बजारलाई नयाँ संरचनामा निर्माण कार्य पुरा भएको र आगामी आर्थिक बर्षमा बैगुनधुरा बजार, दामुना बजार, बालुबथान बजार, माहारानीझोडा बजार, ग्वालडुब्बा बजारको स्तरन्नोतीमा बजेट राखिएको नीति, बजेट तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै, साना तथा ठूला सडक स्तरन्नोती, कालोपत्रे निर्माण, पुल तथा कल्भर्ट, ढल, सिचाई, खानेपानी, बिद्यालयमा शैक्षिक सुधार, खेल मैदान, वस पार्क लगायतका कार्यहरुमा नगरपालिकाको मुख्य योजना अन्तर्गत पारिएको नीति, बजेट तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै, नगर सभाबाट पारित विभिन्न ६ वटा ऐन, गत आर्थिक बर्षको आय व्यय, आगामी तीन बर्षको आय प्रक्षेपण, चालू आवमा सञ्चालन हुने नगरस्तरीय योजना तथा कार्यक्रमहरु, वडास्तरीय योजना तथा कार्यक्रम, बिषयगत शाखाहरुको योजना, संघ र प्रदेश सरकारसंग माग गरिने योजना तथा कार्यक्रमहरु, न्यायिक समितिको कार्य प्रगति विवरण, नगर सभाबाट स्वीकृत गरेको थप दरबन्दी विवरण आदि बिषयहरु समेटिएको छ ।

त्यस्तै नगर गौरवका योजनाहरु, वडागत वजेट सिलिङ, पूँजीगत, चालू र प्रशासनिक खर्चको विवरण आदि समेत समावेश गरिएको छ । नगरपालिकाका प्रमुख रोहित कुमार साहले चौथो नगर सभाबाट करीब ८५ करोड ५२ लाख रुपैयाँ आय व्ययसहितको बजेट कार्यान्वयनको चरणमा छ ।

पर्याप्त कर्मचारी नभएकै कारण र पछिल्लो समय प्रमुख प्रशासकिय अधिकृतले गैह्र जिम्मेवार ढंगबाट एकाएक विदा वसिदिँदा नियमित कार्य सम्पादनमा समस्या उत्पन्न भएको कार्यक्रममा बताइयो । हाल, गौरादह नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत विह्रिन छन् ।

Facebook Comments
0Shares