फाल्गुनन्द जयन्तीमा शिबसताक्षी नगरद्धारा सार्वजनिक विदा

42
किरात धर्मका गुरु तथा समाज सुधारक फाल्गुनन्द

धरमपुर, २२ कार्तिक–झापाको शिवसताक्षी नगरपालिकाले सोमबार सार्वजनिक विदा गरेको छ ।

१६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तीको अवसरमा शिवसताक्षी नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो ।

नगर कार्यपालिकाको २०७६ कार्तिक २१ गते बसेको बैठकले २५ गते सोमबारका दिन शिवसताक्षी नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, निजी तथा सामुदायिक विद्यालय, स्वास्थय संस्थाहरुलाई विदा दिने निर्णय गरेको उपमेयर भोजकुमारी नेपालले बताइन् ।

शिवसताक्षीका क्षेत्र भित्र पनि लिङ्देनको जन्म जयन्ती किराँत धर्मसँग सम्वद्ध सङ्घरसंस्थाह्रुले विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने गरेका छन ।

Facebook Comments
0Shares