कामना सेवा विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

26

काठमाडौं, २२ कात्तिक–कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । यही कार्तिक २७ गते बैंकले आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदै छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई ज्ञानेश्वर स्थित आईएसटी कलेजमा ग्रान्डी अस्पतालको सहयोगमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

जसमा करीब ६८ जना रक्तदाताले रक्तदान गरेका थिए । बैंकले देशका विभिन्न भागहरुमा १०२ वटा शाखा तथा ५० वटा एटिम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments
0Shares