
धरमपुर, मंगलबारे (शिबसताक्षी), २४ कार्तिक–झापाको झिलझिलेमा सञ्चालित साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र धरमपुरको मंगलबारे बजारमा विस्तार गरिएको छ । शिबसताक्षी–८ झिलझिलेमा मुख्य कार्यालय रहने गरी संस्थाले शिबसताक्षी–२ मंगलबारे बजारमा सेवा केन्द्र विस्तार गरिएको हो ।
आइतबार, मंगलबारेस्थित सेवा केन्द्र कार्यालयको उद्घाटन मंगलबारे बजार व्यवस्थापन समिति अध्यक्ष एबम् उद्यमी व्यवसायी भीम नेम्बाङले गरेका थिए ।
उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मंगलबारे बजार अध्यक्ष नेम्बाङले सहकारी संस्थाले स्थानीयलाई सहकारी संस्थाको उदेश्य, सहकारी संस्थाको सिद्धान्त, शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी तालिम, गोष्ठी र शिक्षा दिन आवश्यक रहेको बताए । उनले वित्तिय कारोबार मार्फत सदस्यहरुको आय–आम्दानी बृद्धि गर्न, सदस्यहरुको क्षमता विकास गर्दै तालिम सञ्चालन गरेर सीप प्रदान गर्न आवश्यक रहेको औल्लाए ।
धरमपुर गाविसका पूर्व अध्यक्ष तथा नगदेबाली कृषि सहकारी संस्थाका अध्यक्ष बलजीत राईले सहकारी संस्थाहरुबीच व्यवसायिक प्रतिस्पर्धा भएपनि सेवामुखी कार्यमा प्रतिस्पर्धा हुन नसकेको बताए । उनले सहकारी संस्थाहरु नाफामुखी भन्दापनि सेवामुखी हुन जरुरी रहेको औल्लाए ।
शान्ति आधारभूत बिद्यालयका प्रधानध्यापक विष्णुप्रसाद भट्टराईले सहकारी संस्थाहरु लक्षित बर्गसम्म पुग्न नसकेको बताए । उनले पछिल्लो समय सहकारी संस्था ठूला व्यवसायिहरुले नियन्त्रणमा राखेको र आर्थिक रुपमा कमजोर रहेका विपन्न परिवार, सिमान्तकृत जाति वा सममुदायसम्म पुग्न नसकेको बताए ।
सामाजिक तथा राजनीतिक अगुवा गंगाबहादुर (दिपेश) राईले मंगलबारे बजारमा सहकारी संस्थाहरु थपिदै, बढ्दै जानु पनि बजारवासीहरुका लागि ठूले उपलब्धी र प्रगति भएको बताए ।
सहकारी संस्थाका अध्यक्ष दीपककुमार (बिकेन) मेन्याङ्बोको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवा केन्द्र उद्घाटनको अवसर पारेर शिबसताक्षी–२ मंगलबारे बजारकी मुटु र कलेजो सम्बन्धी रोगले थलिएका भीमकला अग्रवाल राईको उपचारमा रु ५ हजार सहयोग हस्तान्त्रण गरिएको छ ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भीमकला राईको उपचारमा सहयोग जुटाउन मंगलबारे बजारका युवाहरुले भीमकला राई बचाउँ अभियान सञ्चालन गरेका छन् । राईको बिराटनगरस्थित बिराट नसिङहोममा उपचार भइरहेको अभियानकर्मी प्रकाश राईले बताए ।
सेवा केन्द्र उद्घाटनको अवसर पारेर संस्थाको विभिन्न शुल्कहरुमा भारी छुटसहित शेयर खुल्ला गरिएको छ । शेयर सदस्य बन्न इच्छुकहरुलाई एक हप्तासम्म शेयर खुल्ला गरिएको सो केन्द्रका संयोजक समेत रहेका संस्थाका उपाध्यक्ष बिशाल शेर्माले बताए ।
उद्घाटको पहिलो दिन एक सय बढीले शेयर खरिद गरेका छन् । शेयर सदस्य बन्न इच्छुक देखाउँदै खाता सञ्चालनका लागि शेयर सदस्य बनेका मंगलबारे सेवा केन्द्रकी व्यवस्थापन ज्ञानु थापाले बताईन् । थापाका अनुसार यो क्रम एक सातासम्म रहेको र यसलाई सदुपयोग गर्न धरमपुरवासीलाई आग्रह गरिन् ।
मंगलबारे सेवा केन्द्रमा एक व्यवस्थापक, एक सहव्यवस्थापक र तीन जना बजार प्रतिनिधिहरु रहने छ । मंगलबारे सेवा केन्द्र मार्फत शिबसताक्षी–३ पाराबारी बजार, वडा नं २ को मंगलबारे बजार वडा नं १ को शुक्रबारे बजारसहित ग्रामिण क्षेत्रमा सेवा दिने छ ।
२०७१ सालमा स्थापना भएको संस्थाले पहिलो पटक मंगलबारे बजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । त्यस्तैं, एक महिना पश्चात शिबसताक्षी–६ शिबगञ्ज बजारमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने संस्थाका अध्यक्ष मेन्याङ्बोले बताए । उनले साइनो बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकालदेखी वित्तिय कारोबारसँगै सामाजिक कार्यमा समेत सेवा गर्दै आइरहेको बताए ।
उद्घाटन कार्यक्रममा पत्रकार निशेष राई (रेडेयो नेपाल), गोविन ल्वागुन (हिमशिखर टेलिभिजन) र सुशन राई (हरपर न्यूज डट.कम) लगायत सामाजिक अगुवा भुवन राई, गोविन्द ढुङ्गानाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाकी प्रवन्धक दिलकुमारी (फागो) मगले संस्थाको तर्फबाट स्वागत मन्तव्य राखेका थिइन् । कार्यक्रमको सञ्चालन अनिलदेब राईले गरेका थिए ।