धरमपुरको मंगलबारे बजारबाट साइनो साकोसको सेवा शुभारम्भ

40

गोविन ल्वागुन दमक, २४ कार्तिक–झापाको शिबसताक्षी ८ स्थीत झिलझिलेमा २०७१ सालमा स्थापना भएको साइनो बचत तथा ऋण सहकारी संस्थाले छोटो अवधीमै आफ्नो सेवा केन्द्र बिस्तार गर्न सफल भएको छ ।

संस्थाले आइतबार एक कार्यक्रमकाबीच आफनो पहिलो सेवा केन्द्र शिवसताक्षी २ स्थीत मंगलबारे बजारबाट शुरु गरेको हो । शहर केन्द्रि भएर शहकारी संचालन हुदै आएकोमा त्यसलाई चिर्दै ग्रामिण भेग सम्पुर्ण नागरिकलाई शहकारी मार्फत आर्थिक कारोबार गर्न सहज होस भन्ने हेतुले ग्रामिण भेगका बजारलाई रोजेको संस्थाका सञ्चालक समिति सदस्य अनिलदेब राईले जानकारी दिए ।

मंगलबारे सेवा केन्द्र उद्द्याटन कार्यक्रमका प्रमुख अतिथि मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष तथा व्यवसायी भीम नेम्बाङले साइनो साकोस नामै काफी रहेकोले व्यक्ति, परिवारमा पनि साइनोको महत्व भुमिका रहने भएकोले र आर्थिक क्षेत्रमा पनि साइनो साकोसको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने–’मंगलबारे बजार जिल्लाकै पुरानो बजार मध्येको एक भएकोले ब्यबसायी कृषकसंग सझेदारी भएर काम गर्न समेत आग्रह गरे ।

साइनो साकोसले नयाँ सेवा केन्द्र सुचारु भएको अवसरमा एक हप्ताको लागि सेयर खरिदका लागि समेत खुल्ला गरिएको र बिभिन्न सेवा सुबिधाहरु समेत रहेको मंगलबारे सेवा केन्द्रकी ब्यबस्थापक ज्ञानु थापाले जानकारी दिइन् ।

सो अवसरमा साकोसका अध्यक्ष दिपक कुमार मन्याङबो (विकेन) ले नाफामुखी मात्र नभएर सेवामुखी रुपमा समाजिक कार्यमा उत्तरदायी भएर शहकारीलाई संचालन गरिने बताए ।

कार्यक्रममा बोल्दै शान्ति आधारभुत विद्यालयका प्रअ विष्णु भट्टराईले भने–मंगलबारे बजारमा साइनो साकोस साइनो जोडनका आएको न्यानो आतिथ्यता पाउने बताए ।

त्यस्तै नगदेबाली कृषी सहकारी संस्थाका अध्यक्ष बलजीत राईले पनि सफलताको शुभकामना व्यक्त गरे । संस्थाकी प्रबन्धक दिल कुमारी मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा अनिलदेब राईले संचालन गरेका थिए ।

Facebook Comments
0Shares