अर्जुनधाराका मृगौला पीडित दिलबहादुर राईद्वारा सहयोगको चायना

40
अर्जुनधाराका मृगौला पीडित दिलबहादुर राई

बिर्तामोड, २५ कार्तिक–आर्थिक अवस्था अत्यन्तै कमजोर भई उपचारमा समस्या झेल्दै आएका झापा अर्जुनधारा नगरपालिका–११ सालवारीका दिलबहादुर राईको आर्थिक सहयोगका लागि बचाउ अभियान सञ्चालन गरिने भएको छ ।

दिलबहादुर राई बचाउ अभियान समिति निर्माण गरी उनको उपचारमा आर्थिक सहयोग पुर्याउने समितिको लक्ष्य रहेको छ । अभियान लागि कम्पस राईको संयोजकत्वमा सोम राई, आशिष राई, हिमत राई र सागर राई सदस्य रहेको समिति निर्माण गरेको दिलबहादुरकी श्रीमती शोभा राईले जानकारी दिइन् ।

२०७२ जेठमा नोवेल हस्पिटल विराटनगरमा परिक्षण गर्दा दुवै मृगौला खराव भएपछि चिकित्सकको सल्लाह अनुसार ‘डाइलोसिस्’ गराउँदै आएका छन् । एक पटक डाइलोसिस् गराउँदा एकहजार ५ सय रुपैयाँ लाग्ने गरेको बताउँदै उनले भने ‘ हप्तामा दुई पटक डाइलोसिस् गर्नु पर्ने हुन्छ ।’

डाइलोसिस समेत गर्न नसकेका उनलाई उपचारमा सहयोग पुर्याउने उदेश्यले समिति निर्माण गरिएको हो । आर्थिक सहयोगका लागि एनएमवि बैंकको बिर्तामोडमा रहेको दिलबहादुर राई नामको खाता ०२८२१५००६२०५४००००००१ नम्वरको समेत जम्मा गर्न सकिने भाई राजेशले बताए ।

४६ बर्षिय राईका श्रीमती र एक छोरा रहेका छन् । राईको ३ बर्षअघि पेटको आन्द्राको समेत शल्यक्रिया गरेको बताए । ‘अहिले पनि खाना वढि खायो भने पेट दुख्छ ।’ राईले भने । उनको आँखा पनि कमजोर छ ।

काठमाडौंको भक्तपुरको मृगोला प्रत्यारोपण हस्पिटलले ३० देखि ३५ लाख खर्च लाग्ने बताएपछि उनी अहिले उपचारका लागि आर्थिक संकलनमा जुटेका छन् । श्रीमती शोभाले श्रीमानको जीवन बचाईदिन सवैमा अनुरोध गरेकी छिन् ।

Facebook Comments
0Shares