चुलाचुली रंगमञ्चको छैठौ बार्षिक साधारणसभा सम्पन्नः साधारणसभाले हेमकुमार लिम्बूको अध्यक्षतामा नयाँ समिति गठन

52

चुलाचुली (इलाम), २९ कार्तिक–इलामको चुलाचुली गाउँपालिकास्थित रहेको नाट्य संस्था चुलाचुली रंगमञ्चको छैठौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

रंगमञ्चको छैठौं साधारणसभाबाट हेमकुमार लिम्बूको अध्यक्षतामा नौं सदस्सीय चुलाचुली रंगमञ्च कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा संजय विश्वकर्मा, सचिवमा सन्तोस गिरी, सहसचिवमा जेम्स लिम्बू, कोषाध्यक्षमा रमिला राई, सदस्यमा मनिस बहादुर मगर, दिल कुमारी राई, शिखर लाम्गादे, आयुसा आङथुपो रहेका चुलाचुली रंगमञ्चमा निर्वाचन संयोजक शरणहाङ जवेगुले वताएका छन् ।

चुलाचुली रंगमञ्चको सभाहलमा आयोजित कार्यक्रममा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहालको प्रमुख अतिथित्व रहेको थियो ।

गाउँमा रंगमञ्च गर्दै आएको चुलाचुली रंगमञ्च संस्थाले आर्थिक बर्ष २०७५ ।०७६ को आयतर्फ रु २ लाख ८५ हजार ३ सय १० र व्ययतर्फ रु २ लाख, ८७ हजार, ८ सय ६५ रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा समाजसेवी राजेन्द्र केरूङ, शरणहाङ जवेगु, साहित्यकार विन्दु मुकदर्शक, तीनकुने पोखरी पर्यटन समितिका अध्यक्ष नगेन्द्र श्रेष्ठ लगायतले संस्थालाई शुभकामना मनतव्य व्यक्ता गरेका थियो ।

कार्यक्रम संस्थाको संस्थापक अध्यक्ष चेतन आङ्थुपोको अध्यक्षत्वमा सम्पन्न भएको थियो ।

Facebook Comments
0Shares