ग्रेस कृषि सहकारी संस्थाको सातौं साधारणसभामा उत्कृष्ट कारोबार गर्नेहरु सम्मानित

45

दमक, १ मंसिर–झापाको दमक–५ लाइफ लाईन अस्पताल परिसरअघि रहेको ग्रेस कृषि सहकारी संस्थाले आइतबार सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

गोर्खा डिर्पाटमेन्टस्थित सभाहलमाा आयोजित साधारणसभामा ग्रेस कृषि सहकारी संस्थामा कारोबार गर्ने उत्कृष्टकर्ताहरुलाई पुरस्कार तथा सम्मान गरेको छ ।

दमक उद्योग वाणिज्य संघका अध्यक्षका गोकुल श्रेष्ठले संस्थाका उत्कृष्ट बचतकर्ता, वालबचतकर्ता र असल ऋणीहरुलाई पुरस्कार तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले दमकमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था र कृषि सहकारी संस्थाहरुसँग दमक उद्योग वाणिज्य संघ सहकार्य गरेर अघि बढ्ने बताए ।

यसरी सम्मानीतहरुमा बचततर्फ रामप्रसाद दाहाल, नुरुपु भोटे, गणेश कुमार उदास, मोहन लामिछाने र राम तिम्सिना छन् । वाल बचततर्फ हाङसुृक्का राई र आयुषमान खतिवडा छन भने असल ऋणीतर्फ राजेन्द्र लावोती र गजेन्द्र राई छन् ।

संस्थाका अध्यक्ष सुदेश कुमार जैसवालको अध्यक्षतामा र संस्थाकी उपाध्यक्ष विन्दु (लक्की) सिटौलाले स्वागत मन्तव्य राखेका थिइन् ।

कार्यक्रममा संस्थाको तर्फबाट सञ्चालक समितिका अध्यक्ष जैसवालले आर्थिक बर्ष २०७५।०७६ को प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तैं, लेखा प्रतिवेदन संस्थाका लेखा समिति संयोजक तथा एकान्टटेण्ट मन्जिलनिल पौदारले प्रस्तुत गरेका थिए ।

Facebook Comments
0Shares