दाङमा रेडक्रसले बढाएको रगतको मूल्य तत्काल लागु नहुने

39

दाङ, २ मंसिर–नेपाल रेडक्रस सोसाइटी दाङले आइतबारदेखि रगतको मूल्य बढाउने निर्णय गरे पनि तत्काल कार्यान्वयन नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार रगतको मूल्य तत्काल नबढाउने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको उपस्थितिमा भएको छलफलमा रक्तसञ्चार केन्द्रले बिरामीलाई रगत उपलब्ध गराउँदा एक हजार रुपैयाँ लिने निर्णयलाई स्थगित गर्ने सहमति छ । रक्तदाताले निःशुल्क रुपमा दिने रगतलाई व्यवसायको विषय बनाएको भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाज दाङले जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिकालगायतका निकायको ध्यानाकर्षण गराएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा रेडक्रस दाङका सभापति नारायण आचार्यले कर्मचारीलाई दिनुपर्ने रकम अपुग भएकाले रगतको मूल्य बृद्धि गर्नु परेको बताएका थिए । रगत परीक्षणका लागि आवश्यक पर्ने केमिकलको मूल्य बढेको, कमर्चारीलाई तलब दिनु परेको कारणले गर्दा शुल्क केही बढाउनु परेको आचार्यले प्रष्ट्याए ।

Facebook Comments
0Shares