कुपोषण सम्बन्धि कार्यक्रम

26

धुलाबारी, ३ मंसिर–झापाको मेची नगरको मलाहा टोलमा कुपोषण सम्बन्धि कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

ईष्ट होराइजन मावि कक्षा ९ का विद्यार्थीहरुले विट्रिस काउन्सिलद्वारा सञ्चालित इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रम अन्तर्गत १ दिने कुपोषण सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।

आम्दाको मलाहा बस्तीमा स्थानिय बासिन्दाहरुलाई कुपोषण कसरी हुन्छ, यसबाट बच्नका लागी अपनाउनु पर्ने खानपान शैलीबारे विद्यार्थीहरुले जानकारी दिएका थिए । विद्यार्थीहरुले कुपोषण शीर्षकमा आफुहरुले परियोजना चलाइरहदा पिछडिएको मलाहा समुदाय माझ उक्त कार्यक्रम गरेका हुन् ।

आइ.एस.ए.समन्वय शिक्षक नविन दाहाल, प्लस टु कोअडिनेटर रेखा क्षेत्री र शिक्षक विकास ग्वालको र शिक्षक महेश खडकाको सहयोगमा विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले अण्डा, दुध र पाउरोटी लगायतका खाद्ययन्न सामाग्री वितरण गर्दै कुपोषणबाट बाच्नका लागी उमेर अनुसार पौष्टिक आहारको आवश्यकता बारे जानकारी समेत गराएका थिए ।

आइ.एस.ए.अन्तर्गत विद्यार्थीहरुले हाल १० वटा शिर्षकमा परियोजना चलाईरहेका र परियोजना गरिरहदा विद्यार्थीहरुमा समुदायप्रतिको चासो बढेको र व्यवहारिक शिक्षा, जीवन उपयोगी शिक्षा हासिल गरिरहेको होराइजनका प्रिन्सिपल सञ्जीव राईले बताए ।

Facebook Comments
0Shares