अमेरिकाबाट सृजनाले गरिन अरुणोदय प्राविका बिद्यार्थीहरुलाई न्यानो कपडा र खाजा बितरण

207

झिलभिले, ५ मंंसिर–झापा शिबसताक्षी–८ अरुणोदय प्राथमिक बिद्यालयका ८० जना बिद्यार्थीहरुलाई हिउँदमा लगाउने न्यानो कपडासहित दुई महिनासम्मको खाजा बितरण गरिएको छ ।

सोही बिद्यालयका पूर्वबिद्यार्थी समेत रहेकी समाजसेवा र परोपकार सेवामा समर्पित हालः रोजगारको शिलशिलामा अमेरिकामा बसोबास गर्नुहुने सृजना सम्बाहम्फेले बिद्यार्थीिहरुलाई न्यानो कपडा र दुई महिनासम्म पुग्ने खाजा वितरण गरेका छन् ।

खान पुगोस, दिन पुगोस भन्ने पवित्र मन र विचारले आफू अध्ययनरत बिद्यालयका बिद्यार्थीहरु न्यानो कपडा र खाजा बितरण गरिएको स्थानीय सहकर्मी गजेन्द्र सम्बाहम्फेले हाम्रोसरोकारलाई जानकारी दिए ।

सम्बाहम्फेका अनुसार सामुदायीक बिद्यालयका अध्ययनरत बिद्यार्थीहरु हिउदको चिसो समयमा न्यानो कपडाबाट लगाउन नसक्ने हुने र बिद्यालयमा दैनिक खाजा खुवाउन बिद्यालयलाई समस्या भएको ठहर गर्दै पूर्वबिद्यार्थी समेत रहेकी सृजना सम्बाहम्फेले आफ्नो व्याक्तिगत ढङ्गले सहयोग गरिएको हो ।

न्यानो कपडा र खाजा बितरण कार्यक्रममा न्यानो कपडा तथा खाजा प्रदान गर्नुहुने सृजनाका माता र पितासहित बिद्यालयका प्रधानध्यापक, शिक्षकहरु, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिवाहक संघका अध्यक्ष, स्थानीय अभिवाहकहरुको उपस्थित रहेको थियो ।

Facebook Comments
0Shares