दुर्गा नेम्बाङको अध्यक्षतामा धरमपुर सामुदायिक भवन निर्माण समिति गठन

295
दुर्गा नेम्बाङ

धरमपुर, ५ मंसिर–झापाको शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारे बजारमा सामुदायिक भवन निर्माण उपभोत्ता समिति गठन भएको छ । बिहिबार, शुक्रबारे बजारमा आयोजित भेलाले स्थानीय युवा समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर सदस्यसमेत रहेका दुर्गा नेम्बाङको अध्यक्षतामा ७ सदस्सीय सामुदायिक भवन निर्माण उपभोत्ता समिति गठन भएको हो ।

नेकपा नगर सचिवालय सदस्यसमेत रहनुभएको सतासी साप्ताहिकका प्रधान सम्पादक प्रेम याम्फु राईका अनुसार समितिको सचिवमा रमेश राई, कोषाध्यक्षमा बिमला राई छन भने सदस्यहरुमा दुर्गाबहादुर चेम्जोङ, गोपीकृष्ण पोख्रेल, शुसिला राजवंशी र मनमाया रम्तेल छन् ।

त्यस्तैं, आजैको भेलाले केदार कार्कीको संयोजकमा तीन सदस्सीय अनुगमन समिति गठन भएको छ । सो समितिको सदस्यहरुमा ध्रुबकुमार प्रधान र राजवती राजवंशी छन् ।

स्थानीय जेष्ठ नागरिक एबम् सामाजिक अगुवा नारायण बहादुर थापाको अध्यक्षता र वडा नं १ का वडाध्यक्ष सुवास राईको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा बिभिन्न राजनीति पार्टीका प्रतिनिधिहरु, सामाजिक संघसंस्था, बिद्यालयका प्रतिनिधिहरु लगायत वडावासीहरुको ठूलो संख्यामा सहभागिता रहेको नेकपा शिबसताक्षी वडा १ का वडा कमिटि सचिव नेत्र नेम्बाङले जानकारी दिए ।

यता, आज गठित सामुदायिक भवन निर्माण उपभोत्ता समितिका अध्यक्ष दुर्गा नेम्बाङले आजबाटै शुक्रबारे बजारमा व्यवस्थित ढंङ्गको सामुदायिक भवन निर्माणका प्रकृयागत कार्यहरु सुचारु गरिने बताए । उनले प्रदेश १ का सदस्य माननीय सांसद झलकसिंह दर्लामीको पहलमा तत्काल रु १५ लाख रुपैयासहित अन्य थप बजेट नगरपालिका र प्रदेश सरकारले उपलब्ध गराउने गरी सामुदायिक भवन निर्माण गरिने बताए ।

Facebook Comments
0Shares