दुर्गाप्रसाद रिमालको रुवाई संग्रह ‘समयको आयु’ माथि विर्मश

51

दमक, ६ मंसिर–कवि तथा साहित्यकार दुर्गाप्रसाद रिमालको रुवाई सग्रह ‘समयको आयु’ माथि विर्मश कार्यक्रम गरिएको छ ।

नेपाल लिटरेरी ग्रुप दमकले शुक्रबार यहाँको होटल एसजीमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ गजलकार तथा रुवाईकार प्रकाश आङ्दम्बे र कवि साङसेन पन्धाकले कृति र रुवाईकार दुर्गा प्रसाद रिमालको विशेषताहरुमाथि बोलेका थिए ।

सो क्रममा आङ्दम्बेले रुवाई सम्बन्धी विषयमा बोलेका थिए । उनले रुवाईको विकास र लेखन कला सम्बन्धी सामान्यतया केही नियम र प्रावधानका बारेमा बोलेका थिए । कार्यक्रममा उनले आफ्ना आधा दर्जन रुवाईहरु बाचन गरेका थिए ।

२०७५ साल फाल्गुनमा प्रकाशन भएको रुवाई संग्रह ‘समयका आयु’मा १६७ वटा रुवाईहरु समावेश गरिएको छ । हाल, अस्टेलियामा कार्यरत रुवाईकार रिमालको जन्म इमिरे दागाना भुटानमा भएको हो ।

यसअघि, उनको ‘भूगोलको नासो’ २०७१ सालमा प्रकाशन भएको छ । त्यस्तैं, ‘कंगारुको देशबाट’ २०७३ सालमा गजल संग्रह, ‘समकालिन भूटानी नेपाली’ कथा संग्रह २०७५ सालमा प्रकाशित भएको छ भने दर्जनमाथि गीत गजल रेकर्ड गरेका छन् ।

लिटरेरी ग्रुपका उपाध्यक्ष कवि सुन्दर कुरुपको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा गजलकार लोकेन्द्र बञ्जारा, राजकुमार अनिश्चित, अशोक बस्नेत, चोमु शेर्पा खुशी, खोलाघरे, याम थुलुङ, कृष्ण घिमिरे, विराट किराती लगायतले आ–आफ्ना गीत, गजल र रुवाईहरु बाचन गरेका थिए । लिटरेरी ग्रुपका मेची पुत्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comments
0Shares