आख्यानकार भगवती ढुंगेल महिला चेतना सञ्जाल मेचीनगरबाट सम्मानित

106

बिर्तामोड, ८ मंसिर–सुप्रसिद्ध लेखिका एबम् आख्यानकार भगवती ढुंगेल सम्मानित भएकी छन् । झापा मेचीनगरपालिकाको धुलाबारीस्थित धुलाबारी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा लेखिका ढुंगेलसहित मात्रिका संग्रौला सम्मानित भएका छन् ।

महिला चेतना सञ्जाल मेचीनगर धुलाबारीद्धारा शनिबार आयोजित कार्यक्रममा लेखिका ढुङ्गेल सम्मानित भएकी हुन् । झापा शिबसताक्षी–५ पाँचगाछी जनता बजारमा जन्मिएकी आख्यानकार हालः बिर्तामोडलाई कार्यथलो बनाउदै आएकी छन् । समाजसेवा र परोपकार क्षेत्रमा सक्रिय ढुंगेलले महिला अधिकार न्यायको क्षेत्रमा कलम चलाउछन् ।

कार्यक्रममा नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा अर्यालले लेखिका ढुंगेल र लोकबाजा संरक्षणका अभियान्ता संग्रौलालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमका प्रमख अतिथी समेत रहनुभएको प्राज्ञ सदस्य अर्यालले लेखिका ढुंगेल र अभियान्ता संग्रौलालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

ढुंगेलको प्रेमिल र आधा सत्य नामको दुईवटा उपन्यास यसअघि नै प्रकाशन भइसकेको छ । यता, संग्रौलालाई लोकबाजा (बाद्यबादन) हरुको संरक्षणमा सक्रिय भएको भन्दै कार्यक्रममा सम्मान गरिएको हो ।

महिला चेतना सञ्जाल मेचीनगरकी जेष्ठ सदस्य गोमा सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा भारतीय साहित्यकारद्वय कृष्ण प्रधान एवं युवराज काफ्लेको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साहित्यकार तेजराज खतिवडा, समाजसेवी संगिता थापा, विनोद खनाल, हरि रिमाल, नुरज भट्टराई, मायामितु न्यौपाने, खिलु खनाल, सरस्वती सिटौला, सिसा चौधरी, सुमित्रा शिवाकोटी, दिपा भन्डारी लगायतले शुभकामना मन्तव्य साथै रचना वाचन गरेका थिए ।

संस्थाकी संस्थापक अध्यक्ष मिरा काफ्ले पोख्रेलले संस्थाको विगतदेखि हालसम्मकोस्थिति र संस्थाकी अध्यक्ष नमुना निरौलाले भावि योजना प्रस्तुत गरेको कार्यक्रममा उल्लेख्य साहित्यिक व्यक्तित्वको उपस्थिति थियो ।

Facebook Comments
0Shares