पविधन खालिङलाई विश्व नेपाली संगीत अवार्ड प्राप्त

25

न्युयोर्क, २४ नोभेम्बर–विश्व नेपाली संगीत अवार्ड – २०१९ को लागि उत्कृष्ट संगीत संयोजक विधामा पविधन खालिङले अवार्ड पाएका छन् । खालिङले ‘नौ लाखा किराती’ बोलको गीतबाट सो अवार्ड पाएका हुन् ।

मेलिना राई तथा तुल साम्सुहाङ राईको स्वरमा रेकर्ड भएको गीतलाई सर्वजीत दुमी राईले रचना गरेका हुन् ।

त्यसैगरी, उत्कृष्ट मातृभाषा गीत ‘झुङ केल्त्य सिरिरि’ बोलको खालिङ राई भाषाको गीतबाट प्रियङ्का खालिङ राईलेले पाएकी छिन् ।

Facebook Comments
0Shares