दमकमा तेकवान्दो खेलाडी छनौट हुदैं

26

दमक, १४ मंसिर–आगामी मंसिर २८,२९ र ३० मा रामेछापमा हुने २० औ राष्ट्रिय सिनियर आइटिएफ तेकवानदो प्रतियोगिताको लागी प्रदेश १ का खेलाडी छनौट झापाको दमकमा भइरहेको छ ।

दमक–७ स्थित पशुहाट कवड हलमा भईरहेको छनौट खेलमा १ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ११ जना तेक्वानदो खेलाडीहरु सहभागी भएका छन ।

सहभागि १ सय ११ बाट ९ महिला र ९ पुरुष गरि १८ जना खेलाडी छनौट गरिने प्रदेश १ को प्रतिनिधित्व गर्नेे झापाका तेकवादो प्रशिक्षक नबिन तामाङले बताउनुभयो ।

प्रतियोगितामा एकल स्पारिङ, ग्रुप स्पारिङ, एकल प्याटन, ग्रुप प्याटन र सेल्फ डिफेन्स खेल हुने जनाइएको छ ।

दमक आइटिएफ तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगिता भोली सम्पन्न हुने आयोजकले जनाएको छ ।

Facebook Comments
0Shares