सेवारो बचत तथा ऋण सहकारीका पूर्वव्यवस्थापक आङ्बोलाई सम्मान तथा बिदाई

62

दमक, १५ मंसिर–झापाको शिबसताक्षी–११ दुधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमबीच पूर्व व्यवस्थापक बिमल प्रसाद आङ्बोलाई सम्मान तथा बिदाई गरिएको छ ।

दुधेस्थित संयुक्त भुपू सैनिकको भवनमा आइतबार आयोजित कार्यक्रममा सहकारी संस्थाका संस्थापक व्यवस्थापक आङ्बोलाई नगदसहित दोसल्ला ओढाएर सम्मान–पत्रद्धारा बिदाई गरिएको हो ।

शिबसताक्षी–९ निवासी आङ्बोले सहकारी संस्थामा कार्यरत रही संस्थाको हित, विकास र प्रवर्दनका निम्ति गरेको महत्वपूर्ण योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान तथा बिदाई गरिएको संस्थाका बर्तमान व्यवस्थापक सुजन कुमार राईले बताए ।

व्यवस्थापक राईका अनुसार तत्कालिन सतासीधाम गाविसमा २०६३ सालमा स्थापना भएको सेवारो बचत तथा ऋण सहकारी संस्थामा आङ्बोले व्यवस्थापकको जिम्मेवार कुशलताका साथ १२ बर्षसम्म कार्य गरेका थिए ।

संस्थाका अध्यक्ष सुबेदार धनबहादुर राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका लेखा समिति संयोजक नन्दराज योङ्या प्रमुख अतिथि थिए ।

सो अवसरमा संस्थाका अध्यक्ष राई र कार्यक्रमका प्रमुख अतिथि योङ्याले पूर्वव्यवस्थापक आङ्बोलाई नेपाली ढाका टोपी र फूलको माला लगाएर सम्मान–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सम्मानित तथा बिदाई भएपछि आङ्बोले सहकारी संस्थाको उन्नती र विकासका निम्ति आगामी दिनहरुमा सकारात्मक सहयोग रहिरहने बताए । उनले ग्रामिण क्षेत्रमा स्थापना भएको सहकारी संस्थाले एक दशक बढी समय पार गरिसकेको भन्दै तीब्र बजारीकरणसँगै शिबसताक्षी नगरपालिकामा सहकारी संस्थाको क्षेत्र फराकिलो हुदै गइरहेको बताए ।

सो अवसरमा संस्थाका कोषाध्यक्ष दुर्गादेबी मगर, सल्लहाकार समिति संयोजक तथा पूर्वअध्यक्ष बिष्णुभक्त केरुङ, लेखापाल टेकनाथ रिमालले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थामा हाल १५ सय शेयर सदस्यहरु छन् । संस्थाले शिबसताक्षीको माइधार, शिबगञ्ज, चन्द्रडाँगी, व्याङ्डाँडा, दुधे, झिलझिले, डुडामारी, धरमपुर लगायतको बजार क्षेत्रमा दैनिक सेवा दिदै आइरहेको व्यवस्थापक सुजन कुमार राईले जानकारी दिए ।

कार्यक्रममा संस्थाका शेयर सदस्यहरु, सञ्चालक समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरु, उपसमितिका संयोजक तथा सदस्यहरु कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments
0Shares