सब्जी बजार कृषि सहकारी संस्थाले नयाँ कार्यालयबाट सेवा शुभारम्भ

69

दमक, १५ मंसिर–दमक–६ देबकोटा चौकमा अवस्थित सब्जी बजार कृषि सहकारी संस्थाले आफ्ना ग्राहकहरुको मागलाई ध्यान दिदैं वित्तिय तथा प्रशासनिक सेवालाई सहज र प्रभावकारी बनाउने भएको छ ।

आइतबार, सहकारी संस्थाको कार्यलय भएको घर (भवन) को दोस्रो तलामा कार्यालय स्थान्त्ररण गर्दै आगामी दिनमा आफ्ना ग्राहकहरुलाई सहज र प्रभावकारी सेवा विस्तार गर्ने जानकारी दिएको छ ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सब्जि बजार कृषि सहकारी संस्थाको नयाँ स्थानबाट कार्यलयको समुद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष विपिन बस्नेतका अनाुसार दमकको देबकोटा चौक दक्षिणमा रहेको कार्यालयलाई सोही घर (भवन) को माथिल्लो (दोस्रो) तलामा विस्तार गरिएको हो । उनले संस्थाको आर्थिक तथा प्रशासनिक कार्य अत्यन्तै सम्बेदनशिल भएकोले सुरक्षाको दृष्ट्रिकोणले ग्राउण्ड फ्लोरमा भन्दा दोस्रो तलामा उपयुक्त हुने हुदा कार्यलयलाई सारिएको बताए ।

संस्थाका अध्यक्ष बस्नेतले सेयर सदस्यहरुको बृद्धिसंगै कारोबार समेत बढिरहेकाले सहजताका लागि नयाँ कार्यालय व्यवस्थापन गरिएको जानकार दिए ।

२०७३ सालमा स्थापना भएको सब्जि बजार कृषि सहकारी संस्थामा ४ सय बढी शेयर सदस्य र रु २० लाख बढी शेयर पुँजी छ । सहकारी संस्थामा कृषि उपजको कारोबार गर्ने शेयर सदस्यहरु छन् ।

संस्थाले कृषि उपजको व्यवसायीकरणका लागि छरिएर रहेको पुँजीलाई नियमित बचत मार्फत संकलन गरेर आवश्यक पुँजी उपलब्ध गराउने तथा सदस्यमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नयाँ कार्यालय समुद्घाटन कार्यक्रममा देब दर्शन कृषि सहकारी संस्था दमकका अध्यक्ष राजकुमार खड्का, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था दमकका इश्वरी नेपाल, द एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकका सचिव एबम् युवा व्यवसायी ज्ञाननाथ पौडेलको उपस्थिति थियो ।

Facebook Comments
0Shares