१३ औं सागः चञ्चलाले दिलाइन् नेपाललाई पहिलो पदक

23

काठमाडौं, १६ मंसिर–१३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले पहिलो रजत पदक जितेको छ ।

कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् ।

उनी पाकिस्तानकी साहिदासँग पराजित भइन् । उनले २४.६२ अंक पाउँदा पाकिस्तानकी साहिदाले २५.२८ अंक हात पार्न सफल भइन्।

Facebook Comments
0Shares