सागः मण्डेकाजीले जिताए नेपाललाई पहिलो स्वर्ण पदक

33

काठमाडौं, १६ मंसिर–मण्डेकाजी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपाललाई पहिलो स्वर्ण पदक जिताएका छन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार करातेको व्यक्तिगत पुरुष एकल कातामा मण्डेले स्वर्ण जितेका हुन् ।

मण्डेले पाकिस्तानका निएमातुल्हालाई हराउँदै स्वर्ण जितेका हुन्। मण्डेले २५.७२ अंक जोडेका हुन् भने पाकिस्तानका खेलाडीले २४.९२ अंक जोडेर रजतमा सीमित भए । चन्चलाले जितिन् रजत नेपालकी चन्चला दनुवारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० खेलकुदमा करातेको व्यक्तिगत महिला एकल कातातर्फ रजत पदक जितेकी छिन् ।

चन्चलाको यो पदकसँगै आयोजकका लागि घरेलु भूमिमा जारी १३ औं सागमा नेपालले पहिलो पदक जितेको हो । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको फाइनलमा चन्चला पाकिस्तानकी खेलाडीसँग हार्न पुगिन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोडिन् । स्वर्ण जित्न सफल पाकिस्तानकी साइदाले २५।२८ अंक ल्याइन् ।

Facebook Comments
0Shares