सिना लिम्बूले तेक्‍वान्दोबाट जितिन् स्‍वर्ण पदक

690

काठमाडौं, १६ मंसिर–आइतवारदेखि सुरु भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्‍वान्दोमा नेपालकी सिना लिम्बुले स्वर्ण पदक जितेकी छन् ।

सिनाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी हुन् । यो स्पर्धामा सिनाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन् ।

यसघि तेक्वान्दोको पुम्सेतर्फ नै गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए । तेक्‍वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका थिए ।

Facebook Comments
0Shares