नेवि संघ झापाद्धारा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

74

दमक, १७ मंसिर–नेपाल विद्यार्थी संघ झापाले सोमबार विर्तामोडमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न गरेको छ । जिल्लाका सवै स्थानीय तहमा भएका प्रारम्भिक प्रतिष्पर्धाका उत्कृष्ट समुहहरु जिल्ला स्तरीय प्रतियोगीतामा सहभागी भएका थिए ।

सो मध्ये मेचीनगरको धुलावारी मावि प्रथम, दमकको हिमालय मावि दोश्रो र कमलको निहारीका वोर्डीङ् स्कुल तेश्रो भएको नेविसंघ झापाका उपसभापति भवानी काफ्लेले जानकारी दिए । प्रथम, द्वितिय र तृतियले शिल्ड, मेडल, प्रमाण पत्र सहित क्रमशः १९ हजार, १४ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

ने बि सङ झापाका सभापति राजेन्द्र उप्रेती को सभापतित्वमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला प्रवक्ता लोकनाथ ढकाल, जनसम्पर्क समिति अष्टे«ेलियाका संयोजक सन्तोस सिटौला, अष्टे«लियाबाट आएका महासमिति सदस्य नेत्र पौडेल, नेविसंघका नेताहरु उमा शिवाकोटी, सन्तोस उप्रेती, जिल्ला कोषाध्यक्ष नवराज ढकाल प्रेस युनियन झापाकी अध्यक्ष ईन्दू पूर्वेली लगायतले मन्तव्य राखेको नेविसंघ झापाका बरिष्ठ सदस्य सहदेव भट्टराईले जानकारी दिए ।

Facebook Comments
0Shares