कानेपोखरीमा २८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

28

मोरङ, १६ मंसिर–मोरङको कानेपोखरी गाउँपालिकामा खुल्ला हाजिरी जवाफ, परिचयपत्र वितरण तथा शिविर सन्चालन गरि २८ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएका छन् ।

आज (सोमबार) कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा ८० जना अपाङ्गता भएकाहरुलाई परिचय पत्र वितरण भएको थियो । दिवसको अवसरमा अपाङ्गतालाई काम लाग्ने वाकर, इयरफोन र वाइट स्टीक ५ जनालाई वितरण भएको थियो ।

कार्यक्रममा खुल्ला हाजिरीजवाफ प्रतियोगिता अपाङ्गता पहिचानको लागी स्वास्थ शिविर समेत भएको थियो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत पुरषोतम धिमिरे, वडा नं २ वडाध्यक्ष सुशिल बुढाथोकी, ६ का खड्ग बस्नेत, नेपाली कांग्रेस पार्टीबाट योगेन्द्र दाहाल, नेकपा पार्टीबाट भोला अधिकारी, जनसेवा माविका प्रधानाध्यापक दामोदार सिग्देल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कानेपोखरी गापामा ८२४ जना अपाङ्गता भएका ब्यक्तिहरु भएको र थप १८२ जनाको सिफारिस भएको अपाङ्गता समन्वय समितिका अध्यक्ष नगेन्द्र बस्नेतले बताए ।

रातो कार्ड भएका व्यक्तिले मासिक दुई हजार, निलो कार्ड पाउनेले ६ सय पाउँछन । सेतो र पहेलो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिहरुले नगद नपाएपनि यातायात, स्वास्थ, हवाईजहाजको यात्रामा ५० प्रतिशत छुटको व्यवस्था रहेको अपाङ्गता समन्वय समितिका अध्यक्ष नगेन्द्र बस्नेतले बताए ।

Facebook Comments
0Shares