निमा घर्तिमगरले जितिन् स्वर्ण

92

काठमाडौं, १९ मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले आज एक स्वर्णपदक थपेको छ । आज बिहान भएको खेलमा उसुमा नेपालकी निमा घर्तिमगरले स्वर्ण जितिन् ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा उसुको थाउलोअन्तर्गत महिला नान्दोमा निमाले स्वर्ण जितेकी हुन् । उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् ।

१६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिना अख्त्तरले रजत पदक पाइन् । यसअघि सन् २०१६ मा भारतमा भएको १२औं सागमा पनि निमाले स्वर्ण नै जितेकी थिइन् ।

Facebook Comments