लायन्स क्लबद्धारा सतासीधामका साधु-सन्तलाई फलफूल तथा खाद्यन्य सामाग्री वितरण

271

झिलझिले, २२ मंसिर–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल झापा सतासीधामका साधु सन्त, माता र महन्तहरुलाई लायन्स क्लबले शनिबार फलफूल तथा खाद्यन्य सामाग्रीहरु बितरण गरेको छ ।

लायन्स क्लब अफ द लखनपुर कमल गाउँपालिका र लायन्स क्लव अफ द दमक सेविकाको संयुक्त आयोजनामा सतासीधामका साधु सन्त, माता र महन्तहरुलाई खाद्यन्य सामग्रीहरु बितरण गरिएको हो ।

लायन्स क्लब अफ द लखनपुरका अध्यक्ष एबम् दमकका युवा व्यवसायी ज्ञाननाथ पौडैलका अनुसार सताक्षीधामका १० जना साधु सन्त, माता र महन्तहरुलाई फलफूल तथा खाद्यन्य सामाग्रीहरु बितरण लगरिएको हो ।

बितरण गरिएको सामाग्रीहरुमा चामल, तेल, नुन, बेसार, दाल, चिनि, मिसिरी, चाउचाउ, चिउरा, भुजा, दालमोड लगायत फलफूलहरुमाा केरा, स्याउँ र सुन्तलाहरु छन् । अध्यक्ष पौडेलका अनुसार साधु सन्त, माता र महन्तहरुलाई बितरण गरिएको खाद्यन्य सामाग्रीहरुले दुई महिनासम्म पुग्ने छ ।

उनले सताक्षीधाम पूर्वको सुन्दर र आर्कषकस्थल मात्र नभएर ऐतिहासिक तथा पौरणाणिक महत्व बोकेको तीर्थस्थललाई प्रचार प्रसार गर्ने उदेश्यले धाममा आश्रित साधु सन्त, माता र महन्तहरुको जीवन यापनमा सहज बनाउन फलफुल तथा खाद्यन्य सामाग्रीहरु बितरण गरिएको बताए ।

चिसो मौसममा दैनिक उपभोथ्य खाद्यन्य सामाग्रीहरु पाएपछि, धाम क्षेत्रमा आश्रित साधु, सन्त, माता र महन्तहरु खुशीले दंग भएका थिए । सो क्रममा उनिहरुले लायन्सकर्मीिहरुलाई धन्यवादसहित आर्शिवाद दिएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ द दमक सेविकाकी अध्यक्ष रिता श्रेष्ठ, लायन्स क्लब अफ द लखनपुरका निर्वतमान अध्यक्ष प्रमोद दाहाल, लायन्स क्बल अफ द लखनपुरका सचिव आरसी मिश्र, दमक उद्योग वाणिज्य संघ दमकका प्रथम उपाध्यक्ष एबम् लायन्सकर्मी राजु खड्का लगायत अन्य लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments