‘लैंगिक हिंसा विरुद्ध’ दमकमा सासु-बुहारी मिलन कार्यक्रम

83

गोविन ल्वागुन/दमक, २२ मंसिर–‘समानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तरगत झापाको दमक १० मा सासु-बुहारी मिलन कार्यक्रम गरिएको छ ।

गत ९ गतेबाट शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानमा दमक नगरपालीकाले पनि महिलाहरुलाई जागरुक सचेत गराउन प्रत्येक वडामा बिभिन्न कार्यक्रम गरिरहेको छ । सोही अन्तरगत दमक १० मा सासु–बुहारी मिलन कार्यक्रम गरिएको हो ।

कार्यक्रमको सहजिकरण अधिबक्ता देबीमया निरौलाले गर्नुभएको छ । समाजमा पुरुष हिंशा मात्र नभएर महिलाद्धारा महिलामाथी पनि बिभिन्न हिंशा भइरहेकोले सासु–बुहारी मिलन कार्यक्रमको आयोजना गरिएको वडा सदस्य सितादेबी काफ्लेले बताउनुभयो ।

महिलाहरुमाथि अहिले पनि बलात्कारको सिकारहुँदै बोक्सीको आरोप जस्ता हिंसा अन्त्य हुन नसकेकोले सभ्य समाज निर्माणमा सबै एक जुट हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर १०का अध्यक्ष बोधराज न्यौपानेको भनाई छ ।

त्यसैगरी, दमक नगरपालीकाकी महिला तथा बालबालीका शाखा प्रमुख सरिता भण्डारीले जबसम्म महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन सक्दैनन् तबसम्म हिंसाको सिकार बनिरहने भएकोले हरेक महिलाहरु सचेत र आत्मानिर्भर बन्नु जरुरी रहेको बताउनुभयो ।

अभियान अगमी २४ गते मंगलबार बिभिन्न कार्यक्रम गरेर समापन गरिने नगरपालीकाले जनाएको छ ।

Facebook Comments