जन्मदिनमा दमकस्थित सरस्वती माविका दृष्ट्रिविह्रिन बिद्यार्थीलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु

102

राजु पोख्रेल दमक, २२ मंसिर–वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेकि झापा दमककी शर्मिला धिमालले आफ्नो जन्म दिनको अबसर पारेर आईतवार दमकस्थित सरस्वती माध्यमिक बिद्यालयका द्रिष्टिबिहिन बिद्यार्थीहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री बितरण गरेका छन् ।

बिद्यालयमा अध्ययनरत २० जना बिद्यार्थीलाई चामल, दाल, नुन, चिनी, तरकारीसहित शैक्षिक सामाग्रीहरु बितरण गरेकी बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष समिनले बताए । जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई समाजमा सकारात्मक शन्देश दिने उदेश्यले यस्तो कार्यक्रम गरिएको धिमालले बताईन् ।

उनले आफुले कमाएको रकमबाट केही रकम कटाएर जन्म दिनमा फजुल खर्च गर्नु भन्दा पनि मानवीय सहयोग गरेको बताईन।

Facebook Comments