जीवन गुरुङको ‘बितिजाने यो जोवन…..’ गीतको भिडियो सार्वजानिक

306

सन्तोस राई पथरी, २५ मंसिर–गायक तथा प्राध्यापक जीवन गुरुङको ‘समर्पण’ गीति एल्बममा समाविष्ट ‘बितिजाने यो जोवन…’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

युट्युव च्यानल बुढासुब्बा डिजिटल मार्फत् बजारमा ल्याएको सो गीतको शब्द-संगीत गायक स्वयंको रहेको छ भने भिडियोलाई जगन राईले निर्देशन गरेका छ्न् ।

विवाह, पार्टी, पिकनिक, जमघट, डिस्को आदि सबै ठाउँमा उपयुुक्त हुनेगरी बनाइएको डान्स नम्बर गानामा पूजा, संगिता, सलिना, बिराज, सुमन र माइकलले जोडदार नृत्य पेश गरेका छन् ।

मोहित मुनालको एरेन्ज तथा तास स्टुडियो काठमान्डुमा रेकर्ड गरिएको उक्त क्लब गीतमा दुई दिने जिन्दगीमा नाचौं, हाँसौं, रमाइलो गरौ भन्दै गायक गुरुङ जोली मुडमा देखिएका छन् ।

Facebook Comments