‘माझी दाई’ म्यूजिक भिडियो पुस ४ गतेदेखी युट्युव मार्फत आउदै

134

देशराज नेम्बाङ दमक, ३ पुस–नेपाली गीतसंगीत र कलाकारिता क्षेत्रमा पक्कै पनि नयाँ नाम हैन गायक नेत्र भन्डारी र गायिका गिता सेन्चुरी ।

हरेक प्रकारका गितहरु गाउने क्षमता भएका गायक भन्डारी र मिठो स्वरकी धनी गायिका सेन्चुरी आवाजमा नयाँ गीतः ‘माझी दाइ’ रिजन नेपाल यूटुब च्यानल मार्फत यही पौष ४ गते सुक्रबारबाट बजारमा सार्वजनिक हुने भएको छ ।

स्याउ लेइदिउ कि केरा,डार्लिङ्ग आइ लभ, नियती, अमिलो अम्चुर लगायत दर्जनौ सफल गितमा आफ्नो आवाज भरिसकेका गायक भन्डारी र मुलको पानीले, बाटुली, सिरेटो, त भनेर छोड्यो मायाले, नया नयामा लगायत दर्जनौ गितमा आफ्नो आवज भरिसकेकी गायिका सेन्चुरीको आवाजमा सजिएको ‘माझी दाइूको म्युजिक भिडियो निर्माण भै सकेको छ ।

उक्त गितमा लय ध्रुबराज धितालको रहेको छ । शव्द प्रदीप अधिकारीको रहेको छ । त्यसै गरी इन्डियन रियालीटी शो’का सफल डान्सर भिजु पार्की र बुगी बुगी रियालिटी शो कि बिजेता कबिता नेपालीको जादुमय नृत्य र अभिनयमा रहेको गितमा निर्देशन बिक्रम चौहानको रहेको छ ।

अर्जुन तिवारीको छायाङ्कन रहेको उक्त भिडियोको सम्पादनको जिम्मा मिलन बि कले लिएका छन् । अहिलेको बजार सुहाउदो गित निर्माण भएकोले सफलता प्राप्त गर्ने आशा सम्पुर्ण गितमा आबद्द निर्माण समुहले राखेका छन ।

Facebook Comments